अभाव सहन सक्छौँ
दबाब सहन सक्दैनौँ
भोक सहन सक्छौँ
रोग सहन सक्छौँ
राष्ट्रियता र सार्वभौमिकताको लागि
आफ्नो रगत बगाउन तयार
युद्धमा होमिएको लडाकुझैँ
दिन्छौँ ज्यानको बलिदान
तर सक्दैनौँ स्वाभिमान बेच्न
विकास गर्ने बहानामा लम्पसार बन्न नखोज
पुर्खाले देखाएको बाटोमा मात्र होइन
भोलिका सन्ततिलाई आजको इतिहास देखाउनु छ
नढाँट चुनावको बेला घोषणापत्रमा जस्तो
दुस्खले देश दुखोस्
नारी चलाउँला
मुटु फुटोस् ज्वालामुखी जसरी
नाविकले डुङ्गा चलाएझैँ
कोदालो बजारौँला
सरर रेलमा चढ्नु छैन
भबिष्यलाई बन्धक राखेर
बरू फुटेका पैतालाले जन्मभूमि टेकौँला
बास तेतीमै स्वर्गको अनुभूति हुन्छ
अरूसामु अञ्जुली थापेर पाएको
सुख चाहिँदैन हामीलाई
कामकाजी मौरीजस्तो मेहनती बन्न सके
जोगाउँ हाम्रो संस्कृति,सभ्यता र इतिहास
आफै बन्ने छौँ सम्पन्न
भिख माग्दै हिड्ने छद्मभेषी भिखारीझैँ
स्वाभिमान बेचेर अभिमान किन्नु नपरोस्
जन्म दिने आमालाई तिरस्कार गर्ने
कुलङ्घार निकृष्ट सन्तानजस्तो
मातृभूमि बेच्न चाँहदैनौँ हामी
कति वर्ष लाग्छ गरौँला प्रतीक्षा
सानो बच्चाले दिवङ्गत आमा आउँने आसमा समय बिताएझैँ
पसिनाको सम्मान गर्दै
बाँझिएका जमीन जोतौँला
अन्न उब्जाउँला
उज्यालो नेपाल बनाउँन
आफै गरिखान सिकौँला
सन्दर घरको बगैँचा जस्तो
देशका खुसी सन्तान बनौँला
झुपडीलाई महल मानी, सुखी बनौला
बनाउनु छ सगरमाथाभन्दा उच्च मनोबल
विश्वलाई हराउँने
सहिष्णुता, गौरव र एकतालाई काखी च्यापी
गोरखालीका सन्तान हामी
बुद्वत्वको मर्म र सन्देश बोकी
हरेक नेपाली भक्ति थापाजस्तै
वृद् हुँदा पनि रगत उम्लिने
वैरीको सामु राष्ट्रियताको झन्डा फहराउन सकौँ
जोगाउनु छ केही भने
गरौँ असल संस्कारको हस्तान्तरण
पुस्तौँ पुस्तालाई
सम्पत्तीको होइन
सहकार्य र सह अस्तित्वको समर्पणले
संस्कार सिके मान्छे असल बन्छ
तर सम्पत्तीले
असल सन्तति पनि
कुहिएको आलुजस्तो हुन के बेर।।।
नेता भन्छन्, हाम्रो देश
स्वीजरल्याण्ड बनाउँछौ, सिङ्गापुर बनाउँछौ
तर किन भन्दैनन् उत्तर कोरिया बनाउँछौ
अरूजस्तो बन्नु छैन हामी
नहराउनु नगरा, मादल, च्याब्रुङ, धिमेको मौलिकता
पुच्छरबिनाको बाँदरजस्तो
नक्कल गर्ने बहानामा
कतै मेरो देशको नामै बिलाउने त होइन रु
यी शब्दहरू आत्मभिमानले निथ्रुक्क भिजेका
हृदय चिरिएर निस्किएका
बुलन्द आवाज हुन्
जसरी आमाले फटाउँछिन्
निस्वार्थ आफ्नो कोख
सन्तान प्राप्तिका लागि
दुस्खले मान्छेलाई मार्गनिर्देश गरेझैँ
हेर सुनिता दनुवार, चरीमाया तामाङजस्ता
निर्दोष फूलहरू
जो हारको जीवनमा जीत सुनिश्चित खलाडीझैँ
सिक यिनीबाट पाठ
सय बल्ड्याङ नै लडे पनि ।।।।।