पाँचथर– नेपाली काग्रेसको १४ औँ अधिवेशनको सर्गमी जिल्लामा निक्कै बढेको छ । शुक्रवार (भोली) हुने वार्ड अधिवेशनका लागि नेता÷कार्यकर्ता गाँउ गाँउ पुगेका छन् । वार्ड सभापति तथा क्षेत्र प्रतिनिधि आफ्नो पक्षमा पार्नकालागि नेताहरुको निक्कै कसरत देखिन्छ ।
जिल्लाको महत्पूर्ण पदका आकाक्षीहरु वार्ड अधिवेशनमा हस्तक्षेपकारी भुमिका खेल्न लागिपरेको देखिन्छ । कांग्रेसको आन्तरीक जीवनमा निक्कै महत्पूर्ण मानिने वार्डको अधिवेशनका लागि जिल्ला सदरमुकाम तथा जिल्ला वाहिर रहेका नेता कार्यकर्ता गाँउमा पुगेको छ । यसले राजनीतिक चहलपहल बढाउएको छ भने माहोल आफ्नो पक्षमा पार्ने राजनीतिक ‘खेल’ निक्कै चर्को छ ।
वार्डबाट चुनिने सभापति तथा प्रदेश प्रतिनिधिले पालिका, प्रदेश क्षेत्र तथा जिल्ला अधिवेशनमा सहभागि हुने भएकाले धेरैको ध्यान यततार्फ खिचेको छ । संगठन निर्माण, सक्रियताका लागि वार्ड समिति, पालिका समिति महत्पूर्ण हुने भएपनि ध्यानप्रतिनिधिमा गएको देखिन्छ । स्थानीय तहको निर्वाचन हुने मिति नजिकिदै गर्दा गाँउ तहसम्मको अधिवेशनको रस्साकसीले नकारात्मक असरपार्ने चिन्ता नेताहरुले गरेपनि आफै वार्डको अधिवेशन आफ्नो पक्षमा पार्न खटिएका देखिएका छन् ।
केहि वार्डमा मिलाइएको र केहिमा मिल्दै गएको नेताहरुले बताएका छन् । केहि वार्डमा भने निक्कै प्रतिस्पर्धा देखिन्छ । सदरमुकाम फिदिम १, २ र ४ मा निक्कै कडा प्रतिस्पर्धा हुने देखिन्छ । मतदानको अवस्था समेत आउन सक्ने नेताहरु बताउँछन् । अन्य ग्रामिण क्षेत्रका वार्ड समेत मतदानको सम्भावना रहेको औल्याईन्छ । जिल्लामा कागैसको आन्तरीक चुनावमा तल्लो कमिटिमा यत्रो ठुलो प्रतिपस्र्धा पहिलो पल्ट भएको देखिन्छ ।
पाँचथरका ६० वटै वार्डमा मतदान अधिकृत खटाइएको जिल्ला निर्वाचन अधिकृत मदन खड्काले जानकारी दिए । पाँचथरमा ६ हजार ८ सय ७० जना कृयाशिल सदस्य रहेको नेपाली काग्रेस पाँचथरका कार्यालय सचिव कर्ण माङलाकले जानकारी दिए । वार्डले ६० जना पार्टि सभापति सहित करिब ८ सय ९० जना क्षेत्रीय प्रतिनिधि छान्ने छ । यहि क्षेत्रीय प्रतिनिधिको अभिमतले नै जिल्ला नेतृत्व तथा महाधिवेशन प्रतिनिधिलाई महत्पूर्ण हुने छ ।
जिल्ला सभापतिका लागि सुरेन्द्र दाहाल र रुपनारायण जवेगु प्रतिस्पर्धाको मैदानमा छ । मुख्य दावेदार दुबै जना नेतृत्व लिनका लागि प्रयासरत रहेका छन् । दाहाल महासमिति सदस्य तथा पूर्व सचिव हुन । दाहाल यस अघिको दुईवटा अधिवेशनमा सभापतिको दावेदार थिए । १२ औँ अधिवेशनमा अन्तिममा छाडेका थिए भने १३ औँ अधिवेशनमा पराजित भएका थिए । जवेगु वर्तमान जिल्ला कार्यसमितिका सचिव हुन । उनी १३ औँ अधिवेशनमा निर्वाचित भएका थिए ।
पदाधिकारी, क्षेत्रीय समिति, पालिका सभापतिहरुमा पनि प्रतिस्पर्धा देखिएपनि धेरैको ध्यान भने जिल्ला सभापतिमा पुगेको देखिन्छ ।