काठमाण्डाैं ।नेता वामदेव गौतमले आफू नेकपा एमालेमै रहेको बताएका छन्। एमालेबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा नेता गौतम पनि आबद्ध भएको भन्ने प्रचार भएपछि उनको सचिवालयले त्यो झुटो भएको बताएकाे हाे। ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन,’ गौतमको सचिवालयले आइतबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा एमालेको नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो। तसर्थ अन्य खाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’
बाेली फेरे वामदेवले भने म एमालेमै छु, अब फेरी के भन्लान ?
बाेली फेरे वामदेवले भने म एमालेमै छु, अब फेरी के भन्लान ?
![](https://www.kenjokhabar.com/wp-content/uploads/2021/07/bamdev-gautam-1.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस