पाँचथर । शुक्रबार सार्वजनिक भएको महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ का अनुसार पाँचथरका ८ स्थानीय तह बेरुजुको चाङ रहेको पाइएको हो । सबै भन्दा धेरै हिलिहाङ र सबै भन्दा थोरै याङवरक गाउँपालिकाको बेरुजु् रहेको प्रतिबेदनमा उल्लेख छ । प्रतिशतमा हेर्ने हाे भने सबै भन्दा धेरै हिलिहाङ गाउँपालिकाकाे ३.८३ प्रतिशत रहेकाे छ । फालेलुङकाे ३.४७ प्रतिशत रहेकाे छ । फिदिम नगरपालिकाकाे ३.२२ प्रतिशत रहेकाे छ ।
महालेखा परिक्षकले पाँचथरका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । महालेखाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा फिदिम नगरपालिकाको बेरुजु ५ करोड ५० लाख ४६ हजार, याङवरक गाउँपालिकाको बेरुजु ८० लाख ९ हजार ,हिलिहाङ गाउँपालिकाको बेरजु ३ करोड ३० लाख २७ हजार, फालेलुङ गाउँपालिकाको बेरुजु ३ करोड १५ लाख १६ हजार, फाल्गुनन्द गाउँपालिकाको बेरुजु १ करोड ७० लाख ४७ हजार उल्लेख छ । यस्तै, मिक्लाजुङ गाउँपालिकाको बेरुजु १ करोड १७ लाख ३७ हजार, कुम्मायक गाउँपालिकाको बेरुजु २ करोड ६४ लाख ७ हजार, तुम्बेवा गाउँपालिकाको बेरुजु ४८ लाख ३९ उल्लेख छ ।
हेर्नुस बेरुजु रकम
फिदिम नगरपालिका ः ५ करोड ५० लाख ४६ हजार
याङवरक गाउँपालिका ः ८ लाख ९ हजार
हिलिहाङ गाउँपालिका ः ३ करोड ३० लाख २७ हजार
फालेलुङ गाउँपालिका ः ३ करोड १५ लाख १६ हजार
फाल्गुनन्द गाउँपालिका ः १ करोड ७० लाख ४७ हजार
मिक्लाजुङ गाउँपालिका ः १ करोड १७ लाख ३७ हजार
कुम्मायक गाउँपालिका ः२ करोड ६४ लाख ७ हजार
तुम्बेवा गाउँपालिकाका ः ४८ लाख ३९ हजार