काठमाडौं । नेपालका विभिन्न निकायमा बेरुजु रकम पौने ७ खर्ब पुगेको छ। महालेखा परीक्षकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनमा नेपालमा बेरुजु रकम ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको जनाइएको हो। उक्त प्रतिवेदन महालेखा परीक्षक टंकमणि शर्माले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेका थिए।
प्रतिवेदनमा जनाइएअनुसार गत वर्षसम्म ६ खर्ब ६४ करोड ४४ करोड रुपैयाँ रहेकोमा यसवर्ष ११ अर्ब ४१ करोड थपिएको हो।
यसवर्ष संघीय, प्रदेश, सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेतको ५३ खर्ब २७ अर्ब ९१ करोडको लेखापरीक्षण सम्पन्न भएको थियो। जसमा ३ हजार ७९ संघीय सरकारी निकाय र कार्यालयको २५ खर्ब ५५ अर्ब ८१ करोडको लेखापरीक्षणबाट ४४ अर्ब ३९ करोड, प्रदेश निकाय र कार्यालय १ हजार १९ को २ खर्ब ३७ अर्ब ४१ करोडको लेखापरीक्षणबाट ६ अर्ब ५० करोड, ५८४ समिति तथा अन्य संस्थाको १ खर्ब ६३ अर्ब ५७ करोड लेखापरीक्षणबाट १२ अर्ब ६६ करोड बेरुजु देखिएको छ।
यस्तै, ६९९ स्थानीय तहको ८ खर्ब १५ अर्ब ९९ करोडको लेखापरीक्षणबाट ४० अर्ब ८३ करोड बेरुजु देखिएको छ।
f3S-मलेप वार्षिक प्रगति प्रतिवेदन 2076.77 http://kenjokhabar.com