पाँचथर । सरकारले राजनतितिक दल सम्बन्धी अध्यादेश ल्याई एमाले पार्टी फुटाउन लागेको भन्दै पाँचथरमा राष्ट्रिय युवा संघ र अनेरास्वियुले मसाल जुलुस निकालेका छन् । सदरमुकाम फिदिम स्थित ठाडोलाइनबाट गणतन्त्र चोक सम्म मसाल जुलुस गरेका थिए ।
ठाडोलाइनबाट सुरु भएको मसाल जुलुस गणतन्त्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा अनेरास्वियुका केन्द्रिय सदस्य दिपेन्द्र तुम्बापो युवा संघ पाँचथरका अध्यक्ष कमल थपलियाले सम्बोधन गरेका थिए ।