फिदिम । मिक्लाजुङ वडा नम्बर २ का वडाध्यक्ष सन्तकुमार शेर्मा काम विषेशले सदरमुकाम फिदिम आउनु पर्ने तर सडकको अवस्थाले आउन सकस परेको सुनाए । “सडकको हिलोमा मोटरसाइकल डुब्छ अरु सबारी साधन चल्न सकने अवस्था छैन् खोइ कसरी आउने होला ?” शेर्माले भने ।
सडक सञ्जालमा तेस्रो जिल्ला भनिएको पाँचथरका सडकहरु अहिले बर्खा सुरु भए संगै बगर जस्तै भएका छन् । एक नगरपालीक सहित सात गाँउपालीका रहको पाँचथरमा साठीवटा वडाहरु रहेका छन् । प्रत्येक वडा वडाहरु सडक पुगेको पाँचथरमा बर्खा लागे संगै ग्रमिण कच्ची सडकहरु हिल्यामै भएर अबरुद्ध अवस्थामा रहेका छन् । हिँउदको समय भर धुलोले अस्तब्यस्त रहने पाँचथरको सडक बर्खा लागे संगै हिल्यामै हुने गरेको छ । वर्षाका कारण अहिले पाँचथरका अधिकांश सडकहरु अवरुद्ध छन् ।
वर्षाका कारण अधिकांश सडकहरु अहिले अबरुद्ध अवस्थामा रहेका छन् । सबै मैसममा सवारी गुड्ने सडक नहँुदा बर्खा लागे संगै ग्रामिण सडकहरु अबरुद्ध हुने गरेका छन् । सडक खन्नुमात्र विकास हो भन्ने सम्झने स्थानिय तहका प्रतिनिधिहरुको पनि सडक मर्मतमा उचित ध्यान नजाँदा सडकको अवस्था कान्तबिजोक भएको हो । डाँडाहरु समेत डोजर लगाएर भत्काए पछि पहिरोको समेत चिन्ता थपिएको छ ।
बर्खा लागेसंगै राँके रबि ,जोरपोखरी एकतिन , फिदिम फालोट , यासोक फिदिम,फिदिम लुङरुपा सडक अबरुद्ध अवस्थामा रहेका छन् । सडक अबरुद्ध भए पछि सदरमुकाम फिदिमबाट पाँचथरका ६ गाँउपालीकाको केन्द्र पुग्न कठीन हुने गरेको छ ।
वर्षाका कारण ग्रमिण सडकहरु असोज पहिलो दोश्रो साता सम्म अवरुद्ध हुने गरेको छन् । अघिल्लो वर्षहरुमा जेठ अन्तीम सात तिरमात्र झरी सुरु हुनेमा यस पल्ट बैशाखमै झरी लाग्दा पाँचथरका अधिकांश ग्रमिण सडकहरु छिट्टै अबरुद्ध सुरु भएको यातायात व्यावसायिहरुले बताएका छन् । यतायतात अबरुद्ध हुँदा गाँउ गाँउमा खाद्यन्न , लता कपडा लगायत आवश्यक सामाग्रीहरु ढुवानीमा समस्या हुने गरेको छ ।
भएको सडकहरुको अवस्था नाजुक भए पनि पाँचथरमा नँया सडकको लागी ट्रायाक खोल्ने काम अझ्र रोकीएको छैन ।नयाँ सडकको ट्रायाक खोल्ने काम धमाधम हँुदा जमिन छिया छियाको अवस्थामा पुगेको छ । भएका सडकको मर्मत गर्नको सट्टा नँया ट्रायाक खोल्ने कार्य गर्दा पुराना सडकको अवस्था अझ नाजुक हुँदै गएको छ ।