फिदिम । वैदेशिक रोगजारकोलागी बिभिन्न मुलुकमा रहेका मिक्लाजुङ गाउँपालिका १र२ साबिक सराङडाँडा गा.वि.स का युवाहरुले आफ्नो गाउँको लागी स्वास्थ्य सामाग्री खरिद गर्नको लागी रु २ लाख ८३ हजार ६ सय रुपियाँ पठाएका छन् । उक्त रकम मिक्लाजुङ गाउँपालिका १र२ का दक्षिण काेरीया,कतार,साउदी,जापान,मलेसीया लगायत मुलुकमा राेजगार गर्न गएका युवाहरुले पठाएका हुन् ।
उक्त रकमबाट मिक्लाजुङ गाउँपालिका १र२ मा स्वास्थ्य सामाग्री खरिद गरिएको मिक्लाजुङ २ का वडाध्यक्ष सन्तोष शेर्माले जानकारी दिए । उक्त रकमबाट ८ थान अक्सीजन सिलिन्डर, २ थान अक्सीजन कन्सन्ट्रेटर,८ थान अक्सीजन थ्रो मिटर,८ थान डिजिटल,प्रेसर मिटर र १५ थान पिपिइ खरिद गरिएको मिक्लाजुङ २ का वडाध्यक्ष सन्तोष शेर्माले जानकारी दिए । उक्त स्वास्थ्य सामाग्रीहरुे सामुदायिक स्वास्थ्य इकाई खान्द्रोङ,स्वास्थ्य चौकी सराङडाँडा, सामुदायिक स्वास्थ्य इकाई सप्तमी बजार, खोपकेन्द्र बतासेमा हस्तातरण गरिएको शेर्माले जानकारी दिए ।
विदेशमा रहेका युवाहरुबाट गाउँलाई स्वास्थ्य सामाग्री सहयोग
विदेशमा रहेका युवाहरुबाट गाउँलाई स्वास्थ्य सामाग्री सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस