पाँचथर ।
कावेली खोालामा पौडि खेल्दा बेपत्ता भएका याङवरक गाउँपालिका ४ दाहाल गाँउ बस्ने छत्र प्रसाद योङहाङको छोरा १३ बर्षको बिपल योङहाङको शव धनकुटा जिल्ला चौबिसे गाउँपालिकाको सदनटार स्थित तमोर नदीको किनारामा भेटिएको छ। असार २० गते पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए। पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोलामा जिल्लाको याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई जना किशोरहरु खोलाले बगाएर वेपत्ता भएका हुन् । बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ बेपत्ता भएका थिए । बिपल योङ्हाङको शव धनकुटा जिल्ला चौबिसे गापा सदनटार स्थित तमोर नदीको किनारामा भेटिएकोमा निजको आफन्त पुगी सनाखत गरेका छन भने अर्का लक्ष्मण योङ्हाङ्को शब भने भेटिएको छैन खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस