काठमाडौं । आज राति ९ः४५ बजे सेन्ट पिटर्सबर्ग रंगशाला रसियामा स्पेन र स्विट्जरल्यान्ड सेमीफाइनल प्रबेसका लागी भिड्दैछन् । दुबै टिम जित निकाल्दै सेमी फाइनल खेल्ने धुनमा हुनेछन् । आज स्पेनले स्विट्जरल्यान्डसँग युरोकपमा पहिलोपटक खेल्दैछ । तर, यसअघि स्पेन र स्विट्जरल्यान्डको १९६६, १९९४ र २०१० को विश्वकपमा भेट भइसकेको छ । जहाँ पहिलो दुई खेल स्पेनले जितेको थियो भने अन्तिम खेलमा स्विट्जरल्यान्ड विजयी भएको थियो ।
चोटका कारण सर्जियो रोमोस, अन्सू फटी बाहिर रहेको टिममा प्रशिक्षक इनरिकेले रियल मड्रिडका अन्य कुनै खेलाडी राखेनन् । समूह चरणका पहिलो दुई खेलमा जितका लागि निकै संघर्ष गरेको स्पेनले पछिल्ला दुई खेलमा सानदार जित निकालेको छ ।
उसले स्लोभाकियालाई ५-० ले हरायो भने क्रोएसियालाई ५-३ ले हराएको थियो । कपका सुरुआती दुई खेलमा मात्र एक गोल गरेर आलोचित भएको स्पेनिस टिमले पछिल्ला दुई खेलमा भने चमत्कारिक खेल प्रदर्शन गर्दै १० गोल गरेको छ ।
यसकारण स्पेन अहिले युरोकपको प्रमुख दाबेदारको रुपमा रहेको छ । स्पेन युरोकपको इतिहासमा लगातार दुई खेलमा पाँच गोल वा पाँच पप्सल गोल गर्ने पहिलो टिमसमेत बनेको छ ।
यी दुई टिमबीच भएका सबै खेलका कुरा गर्दा, २२ खेलमा स्पेनले एक खेलमा मात्र हार बेहोरेको छ । जहाँ स्पेनले १६ जित निकाल्दा पाँच बराबरी भएको छ । र, स्पेनले दक्षिण अफ्रिकामा आयोजित त्यही विश्वकपमा हार बेहोरेको थियो । त्यो विश्वकप स्पेनले जितेको थियो ।
विश्वकप र युरोकपको कुरा गर्दा स्विट्जरल्यान्ड चौथो पटक क्वार्टरफाइनल पुगेको हो । तर, स्विट्जरल्यान्ड युरोकपमा चाहिँ पहिलो पटक क्वार्टरफाइनल पुग्यो । यसअघिको तीनै क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले हार बेहोरेको छ ।
जहाँ उसले १९३४ को विश्वकमा चेकोस्लोभाकियासँग ३-२, १९३८ को विश्वकपमा हंगेरीसँग २-० र १९५४ को विश्वकपमा अष्ट्रियासँग ७-५ गोलको हार बेहोरेको थियो ।
यो सिजनमा स्विट्जरल्यान्डले पछिल्ला दुई खेलमा समान तीन गोल गरेको छ । यसअघिका १५ युरोकप खेलमा उनले दुई भन्दा धेरै गोल गर्न सकेको थिएन । तर, २०१८ को विश्वकविजेता फ्रान्सविरुद्ध नै स्विट्जरल्यान्डले तीन गोल गरेर खेल बराबरी गरेको थियो ।
उसले पेनाल्टीमा फ्रान्सलाई पछि पार्दै क्वार्टरफाइनलको यात्र तय गरेको थियो । त्यसैले अहिले स्विट्जरल्यान्डलाई पनि कमजोर आँक्न मिल्दैन ।