मलाई आजकल अनौठो अनौठो लागिरहेको छ जहाँ सुन्छु कोभिडको हल्ला छ । जो सङ्ग कुरा गर्छु आज मेरो नजिकको साथी कोभिडले गयो मेरो छिमेकी आज यो हस्पिटलमा भर्ना भया,े उसको सानो छोरा थियो अब के हुन्छ ? बर्बाद भयो । अब के गर्ला आज यो जिल्लामा यति मरे देशमा यति कोरोनाबाट आज मृत्यु यी र यस्ता समाचार सुन्दा सुन्दा हैरान छु । मलाई लाग्न थालेको छ ।यो संसार २ दिनको घामछाया रहेछ ।कहिले बादलले छेक्छ कहिले डाँडाले रोक्छ ।जीन्दगी चलायमान छ । जसरि जिउन चाहनु हुन्छ जीन्दगि त्यसरि चल्छ ।
हिजो सानो हुँदाको सम्झना झलझली आँउछ कसैलाई दुख परेको देख्छु, आफैलाई त्यो दुखि कार्यको पात्र बनाउन मन लागेर आउछ । हिजोको एक्लोपन,पढाईमा परेको असर अविभावक गुमाउदाको पीडा लाग्छ यो संसारमा म एउटा दुखी जन्मीएको थिए । आज निष्ठुरी दैबले म जस्ता दुखी दिनानुदिन थपिरहेछ कति निष्ठुरी रहेछौं नि दैव ।
कहाँ सजाय दिनु पर्ने कहाँ माया दिनुपर्ने भन्ने सामान्य ज्ञान सम्म पनि छैन् पापि दैब तिमिलाई । सजाय दिने कुनै अदालत भए पहिलो फासिको निवेदन मेरो हुुनेथ्यो । तर के गर्नु जति मुर्मुरीएर गाली गरेपनि तिमी सर्वस्व हा । कानुन,न्याय न्यायधिस भन्दा माथिका हौ तिमी हाम्रो केही चल्दैन त्यो पनि थाह छ ।
एक गाउँले परिबेशमा सानो झुपडी त्यँहा दुई छोरा एक छोरि बुबा र दुई आमाको साथमा एक सुखि परिवार जहाँ ठुलो छोरा १२ बर्ष छोरि १० अर्को छोरा ८ बर्ष कोहि आत्मनिर्भर नभएको यो समय जँहाबाट ४०/४५ मिनेट हिडेर टाढाको बाटो स्कुले जीवन जँहाबाट फर्कदा बाबाले खाजा आआफ्नो बटुकामा राखिदिनुहुन्थ्यो हामी सानै भएर होला बाबाको माया अति धेरै थियो ।
बाबाको सरल सहयोगी भावनाले होला सबै ईष्टमित्र,छरछिमेक,साथिभाईलाई सर-सहयोगी धेरै थिए । सबैलाई समान व्यवहार गर्नुहुने उहाँ अरूको दुख आफ्नो कर्तव्य सम्झने उहा मिलनसार र सबैको नजिक हुनुहुन्थ्यो । अरूको दुख आफ्नै दुख सम्झने दुखिलाई सहयोग गर्नुनै धर्म कमाउनु हो । बाँचुन्जेल सहयोग गर्ने हो, गरिबको कहिलै चित्त नदुखाउनु हुन्न भन्ने विचार राख्नु हुन्थ्यो मेरा बाबा । होला त्यतिबेलाको समयमा बुबाको आफ्नै परिचय थियो ।
हामी हाम्रो समाजमा सबैका प्यारा थियांै सबैले माया गर्थे दिदिहरूले अत्ति माया गर्थे हुन पनि बाबाको उमेर ५७ बर्ष हुँदा जन्मेको म यहि भएर माया बढि पाए भन्ने मेरो बुझाइ हो । समय बित्दै गयो बाबा ७० बर्ष पुग्नुभएको थियो । म सानै थिए मेरा भाइ बहिनी अझ साना चैत्र महिनाको २७ गते यो चैत्र महिना सम्झन पनि चाहना छैन । यो कालो दिन मकै छर्ने समय टन्टलापुर घाम चराको चिरिबिरि आवाज यो समय मलाई औधि मन पर्ने समय हो किन आज अनौठो बिरक्त उराठ लागिरहेको थियो ।
बिहानको ६ बजेको समय उदाउदो घामको किरण चैत्र महिनाको गर्मि मौसम कुहु कुहु को सुरिलो आवाज बाटोमा गाँउका मेरा प्यारा प्यारा मलाई माया गर्ने सहयोगि दईहरू अहिले पनि सम्झन्छु उहाहरूमा स्वार्थ थिएन बाबालाई घर ल्याउन निस्वार्थ मेरो परिवारको लागि स्टेचर बोकेर हामी सदरमुकाम छिर्ने बेलामा मेरो मिलनसार सहयोगि भतिज लुगा लिएर फिर्दै हुन्छ । मलाई चसक्क मुटुतिर चस्का पस्छ किन लगेको लुगा उ रूदै रूदै म सङ्ग केही नबोलि अगाडि बढ्छ । खासखुस कुरा सुनिन्छ बुढा गएछन् ।यति सुनेपछि मेरा हात खुट्टा लगलग काम्न थाल्छन् । म हडबडाउछु दाइ काकाहरू त समालिनु पर्छ अब त ठुलो छोरा होस आमा पनि तैले समाल्नु पर्छ भाइ बैनि पनि तेरो जिम्मामा छन् भन्दै सम्झाउनु हुन्छ । म आफै समालिन खोज्छु सक्दिन लगभग ५ मिनेटको बाटो मलाई कैयौ दिनमा नपुगेजस्तो लागिरहेको थियो । म समालिदै अस्पताल पुग्छु अस्पताल बाहिर बुबालाई पिपलको रूखमा सुताईरहेको रहेछ । बिचरा आमा टाउकोतिर बसि खै के को सेउलाले बाबाको अनुहार हम्किदै हुनुहुन्थ्यो त्यति ठम्म्याउन सकिन संसार अन्धकार भएको थियो । घाम चार वटा लागेजस्तो भएको थियो । वरिपरि फिदिमका मेरा सहयोगि दाईहरू बाँस काटिरहेका थिए । सबैको अनुहार मलिन थियो आमा र मेरो सानिआमाको निराधार आसुबर्षा भईरहेको थियो । यस्तै यस्तै …
बुबालाई निको बनाएर घर लाने योजना यतिकै चकानाचुर भयो बाबालाई हरियो बाँसमा बाध्न सबै तम्तयार थिए मलाई किन यसो गरेको नबाधी लादा हुन्न जस्तो लागिरहेको थियो मेरो बाबालाई बाध्दा कति दुख्यो होला मलाई लागिरहेको थियो । म यो सबै स्विकार गर्न बाध्य थिए । हामी बाटो लागिउँ बाटामा सबैको मुखबाट राम राम को आवाज आईरहेको थियो म मेरो बाबा भेट्ने आसामा पछ्याउँदै हिडिरहेको थिए कहाँ हिडेको केही थाह थिएन ।
हामी सम्सान घाटमा पुग्दा साना साना २ अबोध बालक ढुङ्गामा बसेर चिच्याई चिच्याई रोहिरहेको टाढाबाट स्पष्ट सुनिन्थ्यो र देखिन्थ्यो पनि मेरो पनि कहाँ ढुङ्गाको मन हो । काका दाईहरूको कुरा मैले घाटसम्म मात्र पालना गरे मेरो आँसु अडिएन आफै भक्कानो फुटेर आयो ।सारा अन्धकार भैसकेको थियो मलामिजनमा सबै भाबुक देखिन्थे ।सबैको काधमा दाउरा थिए ।कोहि मुडा लडाउदै थिए त कोहि अग्निस्थापना गर्ने भन्दै बाबाको अन्तिम सस्कारको तयारि गर्दै थिए ।म भाई बैनि र २ जानै आमा बुबाको छेउमा बसेका थियौ । आमाहरू भक्कानिदै हुनुहुन्थ्यो खै कस्ले समाल्यो के भयो । ।म जेठो छोरा हिन्दु सस्कार अनुसार बाबाको अन्तिम बिदाई गरि हिम्मतका साथ मैले बाबाको अन्तिम बिदाई गरेका अहिले पनि झलझली सम्झना आउछ ।