तस्बिरमा देखिएको सुनखरी फक्स्टेल अर्चिड हो यस्को बैज्ञानिक नाम राइनकोस्टाइलिस रिटुसा हो।यो बिरुवा मध्य तथा पुर्वी नेपालको उष्ण र समशितोष्ण प्रदेश (३००-१८००मिटर)मा पाइन्छ।यो भारत,म्यान्मार,श्रीलंका,मलेसिया,भियतनाम,लाओस, क्याम्बोडिया र फिलिपिन्स सम्म फैलिएर रहेको पाइन्छ।यो परजिवी बिरुवा हो।यस्को डाठ दर्हो लामो र पातको तल्लो भागले बेरिएर रहेको हुन्छ।पातहरु घुम्रेका,मोटा,पातका किनारा दुबैतिर उठेका हुन्छन्।फुलहरु सेतो,गुलावी तथा प्याजी रंगले रंगिएका हुन्छन्।पुष्पदल अलि लामो हुन्छ।पुष्प- ओठ रिकापी जस्तो खाल्डो परेको हुन्छ।स्पर झोला जस्तो लामो र पहेलो हुन्छ।यस्को फुल फुल्ने समय चैत्र देखि आषाढ सम्म हो।
सुनखरी भित्र १७ हजार प्राकृतिक तथा हजारौ मानवकृत ठिमाहा जातजातिका वनस्पती पर्दछन।अत्यन्तै सुन्दर बिबिधता युक्त सुनगाभाको रुप रङ र सजावट यति आकर्षक हुन्छ कि यौन उत्तेजनाले मत्त कुनै कुनै बारुलाहरु फुललाइ नै पोथी ठानेर सम्भोग गर्न पुग्दछन।युरोपमा पाइने ‘ फ्रीस जातिको सुनगाभाको यस्तो करामत हुन्छ भने नेपालका सुनगाभामा देख्न पाइदैन।