पाँचथर_ कोरोना संक्रमणको कारण फिदिम १ निवासी ५० बर्षिय एक महिलाको शनिवार राति बि एण्ड सी अस्पताल झापामा निधन भएको छ । उनको जेठ १७ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। उनलाई जेठ २२ गते स्वास्थ्यमा थप समस्या देखिएपछी जिल्ला अस्पताल पाँचथरले रेफर गरेको थियो । उनको झापाको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ । उनि शिक्षिका पनि हुन ।