पाँचथर । एउटा बेला थियो चुनावका कारण छिमेकी र आफन्त बिच बोलचाल समेत हुदैँन थियो । २०४७ पछिका चुनावमा यस्तो स्थिति थियो । दलहरुबचिको प्रतिस्पर्धाको असर आफन्तको सम्बन्धमा समेत पर्ने गथ्र्यो । शान्ती पक्रिया पछिका चुनावमा त्यस्तो स्थीति त देखिएन तर दलहरुले चुनाव प्रचारका लागि ठुला सभा, भाषण तथा ठुलो टोलिबनाएर मैदानमा निस्किन्थे । तर पल्टको चुनावमा त्यस्तो माहोल देखिदैन् । बरु दल र उम्मेद्वारले समाजिक सञ्जाल रङ्ग्याएका छन् ।
चुनावी चहल–पहल गाउँ गाउँ पुगेको छ । तर यो पल्ट दलहरूले चुनाव प्रचारका पुराना शैली परिवर्तन गरेका छन् । ठुला चुनावी सभा भन्दा कर्नर मिटिङ, भेटघाट तथा साना साना चुनावी कार्यक्रम बनाएका छन् ।
विगतका चुनावभन्दा दल तथा उम्मेदवारले चुनाव प्रचारको शैली बद्लेका हुन् । सभा, हुल बनाएर भोटमाग्ने भन्दा सट्याक सुटुक मतदाताकहाँ पुगिरहेका देखिन्छ । बरु सामाजिक सञ्जालमार्फत् चुनावी प्रचारलाई जोड दिएका छन् । ६० वटा वार्ड भएको पाँचथरको निर्वाचन क्षेत्र भौगोलिक हिसाबले ठुलो भएकाले उम्मेदवारलाई भ्याई नभ्याई रहेको छ । उम्मेदवारहरू घरदैलो पुगेर भोट मागिरहेका छन् ।
दलहरूले दिएको जानकारी अनुसार घरदैलो र भेटघाट कार्यक्रमलाई जोडदिएको छ । बरु उम्मेदवारले सामाजिक सञ्जालमा निक्कै महेनत गरेका छन् । क्यामेरामेन साथै लगिरहेका छन् भने फेसबुक र टिकटकमा दैनिक भिडियो सामाग्री बनाई रहेका छन् ।
उम्मेदवार आफै र नेता कार्यकर्ताले फेसबुक र टिकटकमा भिडियो बनाईरहेका छन् । मतदाता आकर्षण गर्ने यो निर्वाचनमा विशेष शैली देखिदै छ ।
विगत यस्ता दिनपनि थिए, चुनावका कारण छिमेकी तथा आफन्तको बोलचाल हुने स्थिति थियो । तर अहिले डिजिटल मेहेनतमा देखिएका छैन।गाउँ गाउँबाट उम्मेदवार र उम्मेदवारका पक्षमा फोटो र भिडियो सार्वजनिक भईरहेको देखिन्छ । प्रचा पप्लेटको प्रयोग पनि घट्दै गएको देखिन्छ भन डिजिटल पर्चा को प्रयोग बढिरहेको छ ।
‘इलाम र पाँचथरको सिमानामा उपसभापति विश्वप्रकाश शर्मको उपस्थितिमा चुनावी सभा भयो । अब ठुला सभा छैनन् । अरु कार्यक्रम घरदैलो र मतदातालाई भेट्ने किसिमको छ’ नेपाली कांग्रेसका जिल्ला उपसभापति डिकेन्द्र चेम्जोङले भने ‘पार्टी र भातृसंस्थाको सबै शक्ति परिचालित छ ।’
कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ समानुपातिकबाटका उम्मेदवार भिष्मराज आङदेम्बे, जिल्ला सभापति रुपनारायण जवेगु सहितको सानो टिम लिएर गाउँ गाउँ पुगिरहेका छन् ।

नेकपा (एमाले) पनि ठुला कार्यक्रम बनाएको छैन । उम्मेदवार अईन्द्रसुन्दर नेम्बाङले समानुपातिक उम्मेदवार भूमिका नेम्बाङ सहितलाई लिएर मतदाताका माझमा पुगेका छन् । ‘कार्यकर्ता परिचालन र मतदाता भेट्ने कामलाई जोड दिइएको छ’ जिल्ला उपसचिव तुलसी थापाले भने ‘ठुला किसिमका राजनीतिक कार्यक्रम गरिएको छैन् ।’

नयाँ चुनाव चिन्नका साथ अरु दलभन्दा अगाडीनै उम्मेदवार निर्क्योल गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हर्क नेम्बाङ पनि घरदैलो र भेटघाटमा व्यस्त रहेका छन् । ‘ठुला जनसभामा हाम्रो ध्यान गएको छैन । विभिन्न टोली बनाएर गाउँ गाउँ पुगेका छौँ’ नेकपाका नेता विशाल रसाईलीले भने ‘यो भाषण सुन्ने जमाना होइन । प्रविधिले मतदाताले सबै कुरा थाहा पाउनु भएको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र विक्रम थामसुहाङ र पार्टीका नेताहरू पनि गाउँमा छन् । बरिष्ठ नेता वालेन्द्र साहाको उपस्थिति पछि रास्वपामा उत्साह बढेको देखिन्छ ।

संगठन विस्तार गर्दै श्रमशक्ति ६० वटा वाडामा पुगेको छ । ठुला कार्यभन्दा जनसम्पर्कलाई जोड दिइएको जिल्ला अध्यक्ष प्रविन राईले जानकारी दिए ।

उज्यालो नेपाल पार्टीले चुनावी ¥याली सकेर घरदैलो तथा भेटघाट कार्यक्रम गरिरहेको उक्त पार्टीका नेता सजिव योङ्याले जानकारी दिए ।

पाँचथरमा विभिन्न दलबाट १५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको छन् । दिन रात नभनी उम्मेदवार खटिएका देखिन्छ । चुनावी प्रचारको सिलसिलामा निर्वाचन आचारसंहिता भने व्यापक उल्लघँन भएको देखिन्छ ।




