पाँचथर। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले फाल्गुन-२१ गतेको चुनावपछि कांग्रेस पहिलो पाटी हुने दाबी गरेका छन् ।
देशलाई निकास दिनका लागी कांगेसले जिम्मेवार पूर्ण नेतृत्व गर्ने उनको भनाई थियो ।
राँकेबजारमा इलाम र पाँचथरको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो भनाई राखेका हुन । पहिलो हुने दललाई सरकारको नेतृत्व दिनु पर्ने कांग्रेसको प्रस्ताव रहने उनको भनाई थियो । दोश्रो र तेश्रो दल प्रतिपक्षमा बस्ने गरी प्रस्ताव पेश गर्ने उनको भनाई थियो ।
नयाँ उर्जा, कार्यक्रम लिएर चुनावमा होमीएको उनको भनाई थियो ।
कार्यक्रमलाई कांग्रेसका पूर्व सह-सहमहामन्त्री भिष्मराज आङदेम्बे, पाँचथरका उम्मेद्वार नरेन्द्रकुमार केरुङ, इलाम-२ का उम्मेद्वार भेषराज आचार्य, समानुपातिक उम्मेद्वार प्रमिला राना लगायतले सम्बोधन गरेका थिए ।
कांग्रेस पहिलो पार्टी बन्छ :विश्वप्रकास शर्मा
कांग्रेस पहिलो पार्टी बन्छ :विश्वप्रकास शर्मा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




