पाँचथर । नेपाल तरुण दल पाँचथरले आफ्नो ७३औं स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको ८औं तरुण गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १० गतेदेखि फिदिममा सुरु हुने भएको छ । जिल्ला स्तरको पुरुष नकआउट प्रतियोगिता फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा हुने भएको हो । प्रतियोगितामा जिल्लाका ७ गाउँपालिका र १ नगरपालिकाका टिमहरूले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सहभागि टाेलीलाइ दुई समूहमा विभाजन गरिएको छ।‘ए’ समूहमा कुम्मायक गाउँपालिका, फालेलुङ गाउँपालिका, याङवरक गाउँपालिका र फाल्गुनन्द गाउँपालिका रहेका छन् भने ‘बी’ समूहमा हिलिहाङ गाउँपालिका, तुम्वेवा गाउँपालिका, फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिका रहेका छन् ।
फाइनल खेल कार्तिक १३ गते दिउँसो १ बजे हुने कार्यक्रम तालिका तय गरिएको छ ।विजेता टिमले १ लाख १ सय ७३ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार १ सय ७३ रुपैयाँ पाउने छन् ।
प्रतियोगिता सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको नेपाल तरुण दल, जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए । उनका अनुसार, खेलकुदको माध्यमबाट युवाहरूलाई अनुशासन, एकता र नेतृत्वतर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो भन्ने धारणा लामाले व्यक्त गरे ।




