पाँचथर– पाँचथरका विभिन्न सडक अवरुद्ध भएका छन् । मेची राजमार्गको पाँचथरको हेवा खोलाको डाईबर्सन बाढीले अवरुद्ध गरेको छ । यो सँगै मेची राजमार्ग अवरुद्ध भएको छ ।
बेलिब्रिज बगाएपछि बन्दैगरेको मोडुल ब्रिज पनि भाँचिएपछि डाईबर्सनको भरमा परेको थियो । डाईबर्सनभन्दा माथीबाट बाढी बगिरिहेको छ । राजमार्ग अरुद्धभएपद्धि ताप्लेजुङ र पाँचथरका तिन पालिकामा जाने यातायात ठप्प छ ।
यस्तै तमोर करीडोरको नावा खोला अवरुद्ध छ । फेमे खोलाको डाइसर्बन समेत अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग, फिदिम फालोट सडक खण्ड समेत अवरुद्ध भएकोछ । यस्तै जिल्ला प्रवेश गर्ने रवि–दमक सडक खण्डपनि अवरुद्ध भएको छ ।
जिल्लाका विभिन्न ठाँउको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपि कौशल बुढाथोकिले जानकारी दिए ।
पाँचथरमा मेची राजमार्ग, तमोर करिडोर अवरुद्ध
पाँचथरमा मेची राजमार्ग, तमोर करिडोर अवरुद्ध

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस