पाँचथर । अर्को महिना बाट यासोकमा अन्तरपालिका स्तररिय कुम्मायक गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । जेठ २ गतेबाट छैटौं कुम्मायक गोल्डकप आयोजना हुने भएको छ । कुम्मयक स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा पाँचथरका सात स्थानिय तहहरु र तेह्रथुमको म्याङलुङ नगरपालिकाको सहभागिता रहने आयोजक कुम्मायक स्पोर्टिङ क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रतियोगिताका मिक्लाजुङ गाउँपालिका भने सहभागि भएको छैन् । गत संस्करणमा सहभागिता नजनाएको भन्दै आयोजक क्लबले मिक्लाजुङ गाउँपालिकालाई दुई वर्षको लागी प्रतिबन्ध लगाएको थियो ।
यासोक स्थित पृथ्बी माबिको खेलमैदानमा हुने प्रतियोगिताको बिजेताले चाँदीको ट्रफि सहित नगद १ लाख २५ हजार ५ सय ५५ र उपबिजेताले ट्रफि सहित नगद ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले नगद १ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्यलेअर अफ दि म्याच हुने खेलाडीले नगद ३ हजार प्राप्त गर्ने छ ।
पत्रकार सम्मेलनमै आयोजकले प्रतियोगिताको खेलतालीका समेत सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमै आयोजकले गोला प्रथाबाट खेललातलीका निर्माण गरेका हुन् । खेलतालीका अनुसार समुह ‘ए’ मा कुम्मायक गाउँपालिका, फाल्गुनन्द, फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका रहेका छन् । समुह ‘बि’ मा याङवरक गाउँपालिका, म्याङलुङ गरपालिका, तुम्बेवा गाउँपालिका र फालेलुङ गाउँपालिका रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेल जेठ २ गते कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिका बिच हुने छ । २ गतेको दोश्रो खेल याङवरक गाउँपालिका र म्याङलुङ नगरपालिका बिच प्रतिस्पर्धा हुनेछ । ३ गतेको पहिलो खेल फिलिम नगरपालिका र हिलिहाङले खेल्नेछन् । ३ गते दोश्रोखेल तुम्बेवा र फालेलुङ गाउँपालिका बिच खेल हुनेछ ।
४ गतेको गते सेमि फाइनलका खेलहरु हुनेछन् । ५ गते प्रतियोगिताको फाइनल खेल हुनेछ । प्रतियोगिता आयोजना गर्न करिब २३ लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको आयोजक क्लबका अध्यक्ष खेमराज निरौलाले जानकारी दिए ।