पाँचथर–पाँचथर सदरमुकाम फिदिममा दिनभरी चहलपहल थियो । जिल्लाका गाँउ गाँउमात्र नभई छिमेकी इलाम, ताप्लेजुङ, तेह्थुमबाट पनि कन्सर्टमा रमाउन दर्शक फिदिम आईपुगेका थिए ।
साझ फिदिम माविको खेलमैदानमा प्रवेश गरेका दर्शकहरु रातीसम्म गीत संगीतमा झुमिरहेका थिए ।
रातीसम्म जोन चाम्लीङ राई र उनको दि लोकल्सले दर्शकलाई रौसाएको थियो । पूर्वी पहाडी जिल्लामा पहिलो पल्ट लाईभ कन्सर्टमा आएका जोनले दर्शकको औधी माया पाए ।
तन्नेरीका लोकप्रिय गायक जोनको प्रस्तुती हेर्न छिमेकी जिल्ला इलाम, तेह्थुम, ताप्लेजुङ र पाँचथरका गाँउ गाँउबाट दर्शक आईपुगेका थिए । फिदिम माविको खेलमैदान भरिएको थियो ।
म्युजीक बज्न साथ दर्शकहरु आफैले गीत गाँउन थाल्थे, उता मञ्चमा जोन मख्ख । लाइभ कन्सर्टमा युवा पुस्ताको उलेख्य सहभागिता थियो ।
८ बजे लाई कन्सर्ट सुरु भनिएपनि दर्शकले जोनलाई डेढ घण्टा कुर्नु परेको थियो । जाने मञ्चमा देख्न साथ दर्शक आवाजले फिदिम गुञ्जाएका थिए ।
‘तिमिलाई पनि म विर्सिदिन्छु’ भन्ने गीत गाँउदै उनी मञ्चमा आए । उनका चर्चित गितहरु गाए । बादल सरी, हावा जस्तै, म गरु म तिम्रो हुनलाई, बटुल्न खोज्दै छु झरेका सपना, हिडि सक्यो भन्दा भनदै लगायतका गीत गाए ।
उनले बिचबिचमा सकारात्मक सन्देश दिन खोजेका देखिन्थे । तन्नेरीहरुलाई पढाईमा मेहनत गर्न सुझावा दिए । हरेक कुरामा धैर्यता राख्नु पर्ने, जस्तो कठिन समयमा नि साथ दिने मान्छे भयो भने सपना बटुल्न सकिन्छ भन्दै उत्प्रेरणा जगाउन खोजेका देखिन्थे । फिदिमको उपस्थितिलाई निक्कै धन्यवाद दिए ।
आयोजकले साउण्ड, लाईट उत्कृष्ट व्यस्थापन गरेको थियो । ब्ल्याक ब्रिन्ज एण्ड क्याफेले लाईभ कन्सर्ट गरेको थियो ।
फिदिममा जोन चाम्लीङ रक्स……
फिदिममा जोन चाम्लीङ रक्स……

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस