पाँचथर ।नेपाल निजामती कर्मचारी संगठन पाँचथरको अध्यक्षमा मिलन राई चयन भएका छन्।बुधबार फिदिममा भएको १२ औं जिल्ला अधिवेशनबाट राई अध्यक्ष भएका हुन्।
नेकपा एमालेनिकट कर्मचारीहरूको संस्था, नेपाल निजामती कर्मचारी संगठनमासर्वसम्मत रूपमा संगठनको अध्यक्षमा राईलाई चयन गरिएको हो।उपाध्यक्षमा सुर्वण केदेम र जुनीका वनेम चयन भएका छन्।
साथै सचिवमा प्रदिप अधिकारी चयन भए भने सहसचिवमा भेषराज थापा चयन भएका छन्। कोषाध्यक्षमा ज्ञानबहादुर अधिकारी चयन गरिएको संगठनले जनाएको छ।
सदस्यहरुमा चन्द्रप्रकाश राई,गोपीबहादुर नेपाली,रबिकुमार ठाकुर,इमराम आलम,बिनायक किशोर सिंह, कमला देबी तिम्लसिना,सपना सम्हाम्फे, वेदप्रसाद मिश्र, निर्मल खाती र दिलमान योङहाङ चयन भएका छन् ।अधिबेशन नेकपा एमालेका केन्द्रीय सदस्य अईन्द्र सुन्दर नेम्वाङको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा एमाले पाँचथरका अध्यक्ष बिष्णुप्रसाद सापकोटा, कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।