उहिले, त्रेतायुगगमा
समुद्र पारी लंका
समुद्र वारी अयोध्या
राष्ट्र प्रेमी हुनुले
सिमा दुखेथ्यो रावणको मुटुमा
सुपणर्खाँ रोएथ्यो लंकाको आँखामा ।
आलिङ्गनमा कहाँ हुन्छ ? देश प्रेम
लक्ष्मणले देखे जस्तो
सुपणर्खाँ सुन्दरी
देशकै बारे सोचिरहन्छिन् ।
तर मेरो देशको शासक
दिनमा
लिपुलेकमा देश प्रेम ओकल्छ
रातमा
गोयल राष्ट्रवादको
चिर निद्रा सुत्छ ।