ताप्लेजुङ । स्ट्राइकर सुशिल राईको गोल मद्दतले मोरङको सगरमाथा युथ क्लब यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने मोरङ तेस्रो टोली हो ।
गोल्डकपको दोश्रो संस्करणअन्तरगत आज भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरङले पाहुना टोली बुटबल लुम्बिनी एफसी रुपन्देहीलाई मोरङका मिलन राईले प्रहार गरेको बल बुटबलका गोलरक्षक विनय श्रेष्ठले रोकेका थिए ।
तर, उनको हातबाट रिबाउन्ड भएको बललाई खेलको १८औँ मिनेटमा सुशिलले गोलपोस्टको दिशा दिँदा बुटबल खेलमा फर्कन भने सकेन । विदेशी खेलाडीसहित मैदान उत्रिएको बुटबलले अपेक्षित खेल प्रदर्शन गर्न नसक्दा यहाँका दर्शक मोरङको समर्थनमा थिए ।
मोरङले भने धेरै पटक अवसर सिर्जना गरे पनि थप गोल गर्न भने सकेन । साँघुरो जित निकालेको मोरङका कप्तान अशोक खवास म्यान अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भए । यसअघि संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र सलहेश युवा क्लब सिरहा सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
भदौ १० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँसहित ट्रफी पाउने छ । बिहीबारको अन्तिम क्वाटरफाइनल खेलमा झापाको बिर्तामोड युनाइटेड एफसीले विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।