पााचथर । पाँचथर प्रदेश सभा २ का सांसंद तथा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङबोले संविधान संशोधनमार्फत् कांग्रेस र एमालेले देशमा दुई दलीय व्यवस्था ल्याउन खोजेको आरोप लगाएका छन् ।
बिहिबार पाँचथर सदरमुकाम फिदिममा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद आङबोले सबै दललाई सहमतिमा नलिई संविधान संशोधन गर्दा २०६३ सालको अवस्था आउने भन्दै सचेत गराए।
‘संविधान शंसोधन जटिल विषय हो। निर्वाचन प्रणाली फेरेर दुई दलीय सिष्टममा लैजाने कुरा स्वीकार्य हुँदैन,’ आङबो भने। उनले समानुपातिक समावेशी सिद्धान्त हटाउनेगरी संविधान संशोधनको कुरा माओवादीलाई स्वीकार्य नहुने बताए।
संघीयता, गणतन्त्र, समावेशी र धर्मनिरपेक्षता संविधानका चार पिल्लर रहेको भन्दै कुनै एउटालाई हटाउन नमिल्ने उनले बताए।