पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१४ लुङरुपमा मा धामि (चिन्ता) बसिरहेको ठाँउमा कुटपिट हुँदा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउपरेका छन् ।
रातीको समयमा चिन्ता बसिरहेको ठाँउमा आएका आक्रमणमा परि घाईते भएका ३७ बर्षिय दिनेशकुमार राईको हत्यामा संलग्न भएको आरोपमा शिशिर राई, दिनेश मगर र विजय नेम्बाङलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि हेमन्त बहादुर क्षेत्रीले जानकरी दिए ।
कुटपिट पछि घाईते पाँचथर अस्पतालमा उपचारका लागि ल्याइएकोमा आज विहान मृत घोषणा भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।स्थानिय धनकुमार राईको घरमा धामि राखिएको थियो । कुटपिटमा पर धुव्र राई, पर्शु राई र धुब्र विक घाईते भएका छन् ।