यासाेक । पाँचथरको यासोकमा सम्पन्न अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधी कुम्मायक गाँउपालीकाले जितेको छ ।
फालेलुङ गाँउपालीकालाई १-0 गोल अन्तरले हराउदै पाचौँ कुम्मायक रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधी जितेको हो ।
खेलको ५८ मिनेटमा दिल सम्बाहाफेले गरेको गोलनै जितका लागि पर्याप् भयो ।
घरेलु मैदानमा कुम्मायक उपाधि जित्न सफल भएको हो ।
पाँचथरका स्थानिय तहहरुको सहभागिता रहने प्रतियोगिता कुम्मायक स्पोर्टिङ क्लबले आयोजना गरेको थियो ।
बिजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद र आकर्षक ट्रफि प्राप्त गरेको छ उपविजेता फालेलुङले ५५ हजार पाँच सय रूपैयथ नगद र ट्रफि प्राप्त गर्यो ।