पाँचथर ।इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकप प्रतियाेगिताबाट पाँचथर बाहिरिएकाे छ ।विहिबार भएको दोश्रो क्वाटरफाइनल खेलमा दीपेन्द्र शिखरले पिवाइसी पाँचथरलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । दुवै टिमबाट नेपाली यु–१९ महिला राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको थियो ।
जितका लागि दीपेन्द्रका तर्फबाट भावना राई, हिमा राउत, तुलसा बोहोरा, अनिशा राई र गोलरक्षक लीला जोशीले गरेको प्रहार गोलमा परिणत भयो । पाँचथरका तर्फबाट माया मास्के, सुक्रिया मिया, झुमा पोर्तेल र वर्षा ओलीको प्रहार गोलमा परिणत भयो ।
अन्जना पुन मगरको प्रहार बाहिरिएको थियो । खेलको वुमन अफ दि म्याच दीपेन्द्र शिखरकी गोलरक्षक लिला जोशी घोषित भइन् । तेश्रो क्वाटरफाइनलमा नमोवुद्ध सप्तरी र युनाइटेड देउमाइ युथ क्लब तथा अन्तिम क्वाटरफाइनलमा पटना सिटी भारत र विर्तामोड युनाइटेड बिच हुनेछ । प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ ।