पाँचथर । तेस्रो संस्करण पुरा भएको पाँचथर गोल्डकपको चौथो संस्करण अर्को साताबा सुरु हुँदैछ । चौथो पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा भाग लिने टोलीको टुंगो लागेको छ । फागुन १२ गतेदेखि सुरु हुने प्रतियोगितामा टोलीको टुंगो लागे सँगै सम्भाबित बिजेता टोलीको समेत अनुमान गर्न समर्थकहरुले सुरु गरेका छ ।
४ बर्षपछि प्रतियोगिता हुन लागेको हो । २०७६ को चैतपछि प्रतियोगिता भएको थिएन । चार वर्ष पछि हुन लागेको प्रतियोगिता फिदिम माविको खेलमैदानमा हुनेछ । चौथो संस्करणको पाँचथर गोल्डकपमा भारतको हिल्स फुटबल एकेडेमी, आयोजक पाँचथर क्लब, ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबल क्लब, बाग्मती फुटबल क्लब सर्लाही, पथरी ११ फुटबल क्लब मोरङ, झापा ११ फुटबल क्लब , नमो बुद्ध युवा फुटबल क्लब सप्तरी, रेर्डहर्स फुटबल क्लब इलाम गरि ८ टोलीको सहभागिता रहनेछ ।
२०७४ सालबाट सुरु भएको पाँचथर गोल्डकपमा झापाको बिर्तामोड युनाइटेडले २ पटक उपाधि जित्दा मोरङको डाँगिहाट फुटबल क्लबले एक पटक उपाधि जितेको छ । २ पटक उपाधि जितेको बिर्तामोड र एक पटकको बिजेत डाँगिहाट फुटबल क्लब दुबै टोली यस पटक सहभागि छैन् । यस पटकको संस्करणमा झापाको झापा ११ फुटबल क्लब र मोरङको पथरी ११ लाई आयोजकले सहभागी बनाएका छन् ।
२०७४ मा भएको पहिलो पाँचथर गोल्डकप प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ) लाई हराउदै बिर्तामोड युनाइटेडले उपाधि जितेको थियो । २०७५ मा भएको दोश्रो संस्करणको पाँचथर गोल्डकप प्रतियोगिताको उपाधि पनि बिर्तामोड युनाइटेडलेनै जितेको थियो । फाइनलमा न्यु स्टार क्लब सुनसरीलाई हराउदै बिर्तामोडले उपाधि जितेको थियो ।
२०७६ मा भएको तेस्रो संस्करणको पाँचथर गोल्डकपको उपाधि मोरङको डाँगिहाट फुटबल क्लबले जितेको थियो । भारतको युनाइटेड फुटबल क्लब दार्जीलिङ लाई हराउदै डाँगिहाट फुटबल क्लबल उपाधि जितेको थियो ।पाँचथर गोल्डकपका ३ वटै संस्करणमा वर्षा हुँदा प्रतियोगिता प्रभावित भएको थियो । ३ वटै संस्करणको फाइनल खेल झरी र हिलो खेलमैदानमा भएको थियो । २०७६ पछि बिभिध कारणले प्रतियोगिताले निरन्तरता पाउन सकेको थिएन् ।
२०७४ सालकाे उद्घाटनकाे दिनकाे खेलमैदान
४ बर्षपछि हुन लागेको प्रतियोगितालाई भव्य बनाउन आयोजक लागि परेको छ । अघिल्लो प्रतियोगितामा वर्षाले प्रभाबित भए पनि यस पटक प्रतियोगिता अवधिमा वर्षा नहुनेमा आयोजक आशाबादी छन् । यस पटकको बिजेताले ५ लाख ५ हजार, दोस्रो हुने टोलीले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ तथा उदीयमान खेलाडी र सर्वोकृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याचले र सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) ले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले ५ लाख ५ हजार, दोस्रो हुने टोलीले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक बिमा गरिएको आयोजकले जानकारी दिएको । व्यवस्थित खेलमैदान नभएको र बाँसको अस्थाइ प्यारापिटबाट दर्शकले खेल हेर्न पर्ने भएकाले दर्शकको समेत बिमा गरिने आयोजकले जनाएको छ ।