पाँचथर– नेपाली कांग्रेसका नेताहरुले आफू साझेदार रहेको सरकारको चर्को आलोचना गर्न थालेका छन् । आम नागरिकमा निरासा सृजना भएको, सरकारले काम गर्न नसकेको भन्ने आरोप लगाएका छन् । पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वमा रहेको सरकारमा आफूहरु पनि सामेल भएकाले आलोचित हुनु परेको कांग्रेसका नेताहरुले बताउँदै आएका छन् ।
सरकारका मन्त्री हेरफेर गर्ने चर्चा चलिरहदा नेताहरु सरकारनै ढाल्नु पर्ने तर्फ बहस गर्न थालेका छन् ।
शुक्रबार पाँचथर सदरमुकाम फिदिममा आयोजना भएको जिल्ला सम्मेलनमा सहभागि केन्द्रीय नेताहरुले सरकारको आलोचनामात्र गरेनन् विकल्प खोज्ने चेतावनी समेत दिएका छन् ।
विहिवार पत्रकाहरुसँग सरकार ढाल्नु पर्ने अवस्था आएको र आफूले पहल थालेको बताएका कांग्रेसका नेता डा. शेखर कोईरालाले जिल्ला सभालाई सम्बोधन गर्दै पुनः सरकारले काम गर्न नसकेकाले विकल्पको खोजी सुरु भएको बताएका हुन् ।
शेखरमात्र नभई केन्द्रीय नेताहरुले सरकार काम गर्न नसकेको भन्दै चर्को आलोचना गरेका छन् । विश्वासको मत फिर्ता लिनु पर्ने अवस्थामा पनि आउन सक्ने चेतावनी दिएका छन् ।
‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार ल्याएर भष्ट्रचारलाई सुन्यसहनशिलतामा झार्ने, दण्डहिनतालाई अन्त गर्ने, सुसान दिएर अघि बढ्न सके विकासको काम द्रुत गतिमा हुन सकने विश्वास गराउछु’ कोईरालाले भने ‘सबैकुराको जिम्मा प्रधानमन्त्रीले जिम्मा लिनु पर्छ । सुन काण्ड, एनसेल काण्ड भन्नुस काण्डै काण्डले भरिसक्यो । एउटा काण्ड सेलाउन नपाई अर्को काण्ड आईपुग्छ । यसकारण नेपाली कांग्रेसको नेतृत्व छिटो छिटो ल्याउन आवश्यक छ ।’
सरकारले संविधानले दिएको प्रदेशलाई अधिकार नदिएको भन्दै असन्तुष्ट व्यक्त गरे । ‘प्रदेशलाई अधिकार नदिने भने खारेज गरिदिनुस् । जनता आक्रोसति छन्, निरास छ । यो गणतन्त्र विरुद्ध नभई हाम्रा नेतृत्व, सरकार प्रति हो ।’
आफूहरु सत्ता साझेदार भएकाले सरकारले गरेका कामको दोष आफूले पनि भोग्नु परेकाले सरकारका बारे सोच्नु पर्ने दिन आएको नेताहरुको भनाई छ । कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेका भनाई नेताहरुको रहेको छ । यस्तै असन्तुष्टि सहमहामन्त्री भिष्मराज आङदेम्बेले पनि व्यक्त गरे । ‘हामीले भनेका छौँ प्रधानमन्त्री जिलाई सरकार छ भन्ने अनुभुक्ति दिनु पर्छ भनेर भनेका थियौँ । हामीले भनेको कुरा भुईमा खस्न नपाउदै सरकारको नेतृत्व गर्ने र सरकारमा रहेका सदस्यहरु भाषण भुषण र उद्घाटनमा रमाईराखेका देखेका छौँ’ आङदेम्बेले भने ‘एनसेल काण्ड, सुन काण्ड जसरी मच्चीरहेको छ । सरकारका गतिविधिलाई गम्भिरता पूर्वका हेरीरहेका छौँ । यहिखाले नियति रहने हो भने यो सरकारलाई कांग्रेसले निरन्तर साथ दिनु पर्छ भन्ने जरुरी छैन् ।’
कांग्रेसले सरकारका बारे जतिबेला पनि जुनसुकै निर्णय गर्न सक्ने उनको भनाई थियो ।
देशमा गणतन्त्र, संघियताको विरोध भन्दापनि शिर्ष नेतृत्व प्रतिको असन्तुष्टि रहेको कांग्रेसका नेताहरुले बताउन थालेका छन् । सरकारले जनतालाई डेलिभरी दिन नसकेको र विश्वास पनि नागरिकले गर्न छाडेको उनीहरुको भनाई छ ।
सरकारको साझेदार दलका नेतृत्वले एकपछि अर्कोगर्दै सरकार परिवर्तन गर्ने चेतावनी दिन थालेको छन् । सरकारको कामप्रति कांग्रसका नेताहरु सन्तुष्ट छैनन् । सरकारलाई दिएको विश्वासको मत जतिबेला पनि फिर्ता हुन् सक्ने केन्द्रीय सदस्य प्रदिप पौडेलको भनाई थियो । ‘सरकारले आफ्नो तौरतरिका फेरेन भने, प्रभाकारिता बढाएन भने, स्पष्टढङ्गले जनताको पक्षमा काम गरेको म्यासेज छिटो आएन भने हामीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिनु पर्ने स्थिति आउछ ।’
कांग्रेस नेताहरु सरकारसँग असन्तुष्ट, सरकार बदल्ने चेतावनी
कांग्रेस नेताहरु सरकारसँग असन्तुष्ट, सरकार बदल्ने चेतावनी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस