पाँचथर । पाँचथरमा जारी किराँत गोल्डकप प्रतियोगिताको उद्धघाटन खेलमा समय सकिन २ मिनेट बाँकी छदै मैदान छाड्ने मितेरी फुटबल क्लब तेह्रथुमलाई आयोजक क्बलले आयोजना गर्ने दोश्रो र तेस्रो संस्करणको लागी अयोग्य रहने गरी कारबार्हि गरेको छ ।
आयोजक पाँचथर फुटबल क्लब आइतबार एक विज्ञप्ती मार्फत जानकारी दिएको छ । मितेरीका बिदेशी खेलाडी पेपेले खेलमैदानमा खेल रेफ्री माथि अभ्रद व्यवहार गरेकाल पेपेलाई पाँचथर फुटबल क्लबले आयोजना गरेको कुनै प्रतियोगितामा सहभागि हुन नपाउने गरी कारबार्हि गरेको क्लबले जारी गरेको विज्ञाप्तीमा भनिएको छ ।
शनिबार आयाेजक पाँचथर फुटबल क्लब र मितेरी क्बल बिच भएको खेलमा २ खेलाडीले रातो कार्ड पाए पछि मितेरीका प्रशिक्षक,समर्थकहरु मैदानमा पसेर रेफ्रीसँग विवाद गर्दा खेल तनाबग्रस्त बनेको थियो । निरन्तर विवाद गरेपछि मितेरीका प्रशिक्षकलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए ।
खेल सकिन २ मिनेट बाँकी रहेको अवस्थामा मितेरीका खेलाडीहरु मैदान छाडेका थिए । खेलाडीहरु मैदान नफर्किए पछि खेलका मुख्य रेफ्री राजु थापा मगरले खेल सकिएको घोषणा गरेका थिए ।