पाँचथर जिल्ला हिलिहाङ गाउपालिका ७ भारपा टारि स्थित जय भवानी माध्यमिक विद्यालयमा कार्तिक १५ बाट श्रीमत भनगवत सप्ताह पुराण आज सातौं दिन ७३ लाख रूपैया उठेको छ। विद्यालयको स्तरोन्नति तथा आधारभूत तहमा अंग्रेजी माध्यम पठनपाठन गर्ने गर्ने उदेश्यले श्रीमत भागवत महा पुराण सप्ताह ज्ञान महायज्ञ गरिएको हो ।
आज समापन भएको पुराणमा विद्यालयलाई विभिन्न सङ्घ सस्था र दानविर महानुभावबाट ७३ लाख रूपैया भेटि उठेको छ। साथै २ रोपनी जग्गा विद्यालयको नाममा आएको जानकारि विद्यालयका प्र.अ तोयानाथ अधिकारिले जानकारि दिए। विद्यालय नाजुक स्थिति भएको सरकारी दरबन्दि कम रहेको साथै निजी शिक्षक राखेर विद्यालय सन्चालन गर्नुपर्ने भएकोले विद्यालयको स्तर उन्नति गर्नको लागि पुराणको आयोजना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलबिक्रम इदिङ्गोले जानकारी दिए।
विद्यालयमा पुराणको आयोजना बाट उठ्यो ७३ लाख रूपैया
विद्यालयमा पुराणको आयोजना बाट उठ्यो ७३ लाख रूपैया

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस