पाँचथर– झरि रोकिएर घमाईलो भएसँगै यतिबेला पूर्वका पहाडमाबाट हिमालको सुन्दर दृष्य देखिन थालेको छ । विभिन्न किसिमका फूल फूलेका पहाडमा मौसम खुलेर मनोरम देखिएका छन् । मौसम सफाभएसँगै पूर्वका पहाड घुम्ने सिजन सुरु भएको छ ।
इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुमका का विभिन्न ठाँउहरु घुम्दै रमाउने बेला सुरु भएको छ । झापाबाट पहाड उक्लिदैगर्दा इलममा ग्रिन कार्पेट झै चिया बगानले स्वागत गर्छ । हिमाल, हिमाली दृष्यहरु, धार्मिक सम्पदा, ग्रामिण जनजिवन, संस्कृति, खानपान, प्राकृतिक दृष्यहरुका कारण यि जिल्ला घुम्नलाई सजिलो भएका छन् । लुकेका गन्तव्यहरु भएकाले पूर्वको भ्रमण नवितम र सम्झन योग्य बन्ने गर्छन् ।
यहाँका पहाड सौन्दयताले भरिपूर्ण रहेका छन् । विश्वकै तेश्रौ अग्लो हिमाल कञ्चनजङ्घाका साथै कुम्भकर्ण लगायतका हिमाल श्रृखला, अनेकठाँउबाट देखि यिहिमालहरु, दृष्यवालोकनपदयात्रका लागि यो समय उपयुक्त छ । हिमाल, मध्यपहाड घुम्नका लागि रमाइलो लाग्छ । धार्मिक महत्व उत्तिकै छ । रेडपाण्डा यो क्षेत्रको महत्पूर्ण बन्यजन्तु हो । पहाडका विभिन्न ठाँउमा सुविधासम्पन्न सडक पुगेकाले यात्रा गर्न रमाइलो हुन्छ । इलामका कन्याम, पानीटार, श्रीअन्तु, माईपोखरी, सन्दकपुर, लारुम्बा, फाल्गुनन्दको जन्मभुमि, रेडपाण्डा पाईने क्षेत्र लगायतका अनेकन ठाँउहरु घुम्न लायक छन् । पर्यटकलाई स्वागत गर्न आतुर रहेको माईपोखरी देउराली होमस्टे अध्यक्ष पेमालामु शेर्पाले बताईन ।
पाँचथरमा फाल्गुनन्दको तपस्या तथा सामाधिस्थल सिलौटि, लब्रेकुटि, चारराते, फालोट, चिवाभञ्या, सुखेपोखरी, साधुटार, आगेजुङ, मिक्लाजुङ महत्पूर्ण गन्तव्य रहेका छन् । पूर्वी पहाडको खानपान, जनजिवन, हिमाली, उच्च पहाडी तथा पहाडी क्षेत्रका ठाँउहरु घुम्नका लागि उपयुक्त रहेको टे«किङ गाइड फुङ्सो जवेगु बताउँछन् ।
पाँचथर र ताप्लेजुङको सिमानामा रहेका तिम्बुङ पोखरी, यहाँ फुलेका केन्जो लगायतका फूलहरु उत्तिकै आर्कषक रहेका छन् ।
ताप्लेजुङ घुम्नका लागि नेपालकै महत्पूर्ण जिल्ला हो । चर्चित धार्मिक स्थल पाथिभरा यहाँ रहेको छ । नेपालको दाश्रो र विश्वको तेश्रो अग्लो कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण लगायतका हिमश्रृखला यहाँ रहेकाछन् । यो क्षेत्रको पदयात्रा निक्कै सुन्दर मानिन्छ । विभिन्न पोखरी, हिमाली क्षेत्र, झरनाका कारण ताप्लेजुङ निक्कै महत्पूर्ण मानिन्छ । ‘कञ्चनजङ्घा क्षेत्र घुम्न सिजनमा सुरु भएको छ । यो घुम्नकालागि अत्यान्त सुन्दर ठाँउ हो । देश विदेशका पर्यटकलाई स्वागत गर्न आतुर छौँ’ कञ्चनजङ्घा संरक्षण परिषदका अध्यक्ष खगेन्द्र फेम्बोले भने ।
तेह्थमुममा गुफा पोखरी, टिएमजे क्षेत्र, चोलुङ पार्क, जोगिगाँउ, आठराईको विभिन्न क्षेत्र घुम्न उपयुक्त छन् । यहाँको संस्कृति अन्यान्त महपूर्ण मानिन्छ । चौरी पनि अर्को महत्पूर्ण हो । हिमाल हेर्दै गाँउहरुमा रमाउन सकिन्छ ।
विभिन्न सुन्दर गन्तव्यदेखि साहासिक पर्यटनका लागि यि जिल्लाहरु घुम्न उपयुक्त छन् । असोजदेखि मंसिर र फाल्गुनदेखि बैशाखसम्म पूर्व घुम्न रमाईलो हुन्छ ।
विश्व पर्यटन दिवस :पूर्व घुम्ने बेला
विश्व पर्यटन दिवस :पूर्व घुम्ने बेला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस