पाँचथर– नेपाल कम्युनिष्ट पार्टि (एमाले) पाँचथरले कोशि प्रदेशको प्रथम अधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । स्थानिय तह स्तरबाट २९ जना प्रतिनिधि छनौट भएका हुन् ।
फिदिम र फाल्गुनन्द बाहेकको प्रतिनिधि पालिका कमिटिलेनै टुङ्ग्याएको थियो । फिदिम र फाल्गुनन्दको जिल्ला सचिवालयले टुङ्ग्याएको हो ।
जिल्ला अध्यक्ष राजकुमार भण्डारी सहित प्रतिनिधि छनौट भएका छन् । असोज–१२ र १३ गते विराटनगरमा अधिवेशन हुदैँ छ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्ष पदका लागि चार जना नेता मैदानमा उत्रिएका छन् । पार्टीका केन्द्रीय सदस्य विनोद ढकाल र घनश्याम खतिवडा, वर्तमान अध्यक्ष तुलसी न्यौपाने र उपाध्यक्ष टीका चेम्जोङ् पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । कोशी प्रदेशको अधिवेशनमा एक हजार ४७ जना प्रतिनिधि स्थानीय तह र सङ्गठनबाट छानिएर आउने व्यवस्था गरिएको छ । पार्टी सदस्य सङ्ख्याका आधारमा प्रतिनिधि सङ्ख्या निर्धारण गरेको बताइएकाे छ । जनवर्गीय सङ्गठन र भूगोलबाट निर्वाचित भएर आउने बाहेक प्रदेश कमिटीले ५० जना सदस्य मनोनित गर्ने व्यवस्था छ ।
पाँचथरमा छनौट भएका प्रतिनिधिहरु ः–
एमाले पाँचथरले छान्यो प्रदेशका लागि प्रतिनिधि (नामसहित)
एमाले पाँचथरले छान्यो प्रदेशका लागि प्रतिनिधि (नामसहित)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस