ताप्लेजुङ– ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगितामा सेमीफाईनको समिकरण पुरा भएको छ । आईतवार भएको खेलमा पाउना टोली युनाईटेड खार्साङ दार्जेलिङलाई हराउँदै रेडस्टार फुटवल क्बल झापाले अन्तिम चारमा स्थान सुरक्षित बनाएसँगै सेमीफाईनलको समिकरण पुरा भएको छ ।
रेडस्टारसँगै जुटविकास फुटवल एकेडेमी सुनसरी, रेडहार्ष इलाम, पथरी ११ मोरङले अन्तीम चारमा स्थान सुरक्षित गरेका छन् । सोमबार हुने पहिलो सेमीफाईनल खेमाल जुटविकास सुनसरीले पथरी ११ को सामाना गर्ने छ ।
आईतबार भएको प्रतिस्पर्धात्मक खेलमा १–० गोल अन्तरले झापा विजयी भएको हो । झापाका लागि विदेशी खेलाडी ग्लोरीलले गरेको गोलनै जितका लागि पर्याप्त बन्यो ।
लाखे मेलाको अवसरमा आयोजना भएको फुटवल प्रतियोगितमा आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता हेर्न भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा उलेख्य दर्शकको सहभागिता रहेको छ ।
प्रतियोगिता विहिबारबाट सुुरु भएको थियो । प्रतियोगिताको विजेताले तीन लाख ११ हजार १ सय ११ रुपैँया नगद सहित ट्रफि पाउने आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए । उपविजेताले १ लाख ५१ हजार १ सय ११ र ट्रफि पाउने छ ।
ताप्लेजुङ गोल्डकप ः सेमीफाईनको समिकरण पुरा
ताप्लेजुङ गोल्डकप ः सेमीफाईनको समिकरण पुरा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस