धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेध आदेश जारी गरेपछि धरान सुनसान बनेको छ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले गए राती १२ बजेदेखि आज राती १२ बजेसम्म लागू हुने गरि निषेध आदेश जारी गरेको छ।
निषेध आदेशको कारण धरान आउने नाकाहरुमा प्रहरीले कडाईका साथ सवारीसाधनहरु चेकजाँच गरिरहेको छ। ठुला सवारी साधनहरु धरान आएको छैन भने धरानबाट पनि ठुला सवारी साधनहरु बाहिरीएको छैन। टेम्पो, मोटरसाइकल, स्कुटीहरु भने निर्वाध चलेको छ।
![](https://staticimg.nagariknetwork.com/uploads/photos/1693020696_IMG_20230826_073508.jpg)
![](https://staticimg.nagariknetwork.com/uploads/photos/1693020691_IMG_20230826_073504.jpg)
![](https://staticimg.nagariknetwork.com/uploads/photos/1693020688_IMG_20230826_072111.jpg)
![](https://staticimg.nagariknetwork.com/uploads/photos/1693020683_IMG_20230826_071239.jpg)
![](https://staticimg.nagariknetwork.com/uploads/photos/1693020679_IMG_20230826_071230.jpg)