पाँचथर । माओवादी केन्द्रले कोशी प्रदेशमा जिल्लादेखि पालिका इन्चार्जसम्मको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय सदस्यसहित केन्द्रीय आयोगका सदस्य, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यरू, केन्द्रीय सल्लाहाकार सदस्य, केन्द्रीय परिषद सदस्य र केन्द्रीय विभागहरूका सदस्यहरूको कार्य विभाजन हेरफेर भएको हो ।
हालै माओवादी केन्द्रले अन्तरजिल्लाको जिम्मेवारी लिने गरी इन्चार्ज तोक्न सर्कुलर जारी गरेको थियो । केन्द्रीय समितिको निर्णय बमोजिम नेताहरूको जिम्मेवारी हेरफेर भएको हो ।
माओवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी चक्रपाणि खनाललाई दिएको छ । खनालकै संयोजनमा १० सदस्य प्रदेश सचिवालय गठन भइसकेको छ ।
जसमा अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका अध्यक्ष पेशल खतिवडा, सावित्रीकुमार काफ्ले, अजम्बर राई काङमाङ, धर्मशिला चापागाई, सुरेशकुमार राई, ईन्द्रबहादुर आङबो, शिवकुमार मण्डल, हर्कबहादुर नेम्वाङ सदस्य रहेका छन् ।
यसैगरी १४ वटा जिल्ला इन्चार्जहरू खटाएकाे छ । पाँचथरमा भलकसिंह दर्लामी तोकिएका छन् ।
यि हुन पाँचथरका पालिका इन्चार्जहरू