पाँचथर । मेचि राजमार्ग अन्तरर्गत हिलिहाङ ७ सल्लेरीमा ट्रिपर दुर्घटना हुदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकोछ । जोरपोखरीबाट हेवाखोल तर्फ बालुवा लिएर आउदै गरेको प्र १-०२-००१ क ३८७४ नम्बरको ट्रिपर अनियन्त्रित भइ सडकमा पल्टीएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुने ट्रिपर चालक सडानन्द नगरपालिका १३ भोजुपुरका २८ वर्षिय रिन्छिन तामाङ र सहचालक संखुवासभाका २७ वर्षिय बिक्रक बिक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बिक्रमको बाँया कोखमा गम्भीर चोट लागेको तत्काल बोल्न नसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार जिल्ला अस्पताल पाँचथरमा भइरहेको छ ।
ट्रिपर पल्टिएर मेचि राजमार्ग अबरोध भएको हुँदा अबरोध हटाउने कार्य भइरहको प्रहरीले जनाएको छ ।