पाँचथर । राप्रपाको कोशी प्रदेश सहसंयोजकमा प्रवक्ता सगुन सुन्दर लावती चयन भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार लावतीलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको पत्र हस्तान्तरण गरेका हुन् । राप्रपाको कोशी प्रदेश संयोजकमा भने उपाध्यक्ष रोशन कार्की रहेकी छन् ।
नविन राप्रपा अवधारणा अन्तर्गत संगठन विस्तारलाई प्राथमिकता दिएको राप्रपाले देशभर नेता कार्यकर्तालाई जिम्मेवारी दिएर पार्टीलाई चलायनमान बनाउन खोजेको छ । राप्रपाले पालिका तहसम्म जिम्मेवारी तोकेर आफ्नो गतिविधि गर्दै आएको छ ।