पाँचथर । मेची राजमार्ग स्थित फिदिम २ कृष्ण मन्दीर छेउमा भएको ट्याक्सि दुर्घटनामा घाइते लाइ पाँचथर अस्पतालबाट थप उपचारको लागी झापा रेफर गरिएको संख्या ६ पुगेको छ । घाइते १४ जना मध्ये एक जनाको मुत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । घाइते १३ जना मध्ये ६ जनालाई थप उपचारको लागी पाँचथर अस्पतालबाट झापाको बिर्तामोड रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
रेफर हुनेहरुमा काठमाण्डौ बल्खुकी २० वर्षिय मिना लिम्बु र पाँचथर फिदिम नगरपालिका १० की सबिना बिक, फाल्गुनन्द गाउँपालिका ३ पाँचथरका ३५ वार्षिय राम नेम्बाङ,ताप्लेजुङ मिक्वाखोला ५ कि २६ वर्षिय केसिपिमा शेर्पा,पतन्जाी गाउँपालिका कालिकोटका २३ वर्षिय सुमन खड्का र सवारी चालक इलाम दानबारी ८ का २६ वर्षीय अर्जुन बिक लाई थप उपचारको लागी झापा रेफर गरिएको प्रहरीले जनाएको छ । बाँकी घाइतेहरुकाे उपचार पाँचथर अस्पतालमा भइरहेकाे छ ।
मंगलबार दिउसो मेची राजमार्ग स्थित फिदिम २ कृष्ण मन्दीर नजिकै ट्याक्सि दुर्घटना भएको हो । झापाबाट फिदिम तर्फ आउदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सि र्दुटना भएको हो ।