पाँचथर । पाँचथरमा जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । शनिबार पाँचथरको फिदिममा एक कार्यक्रमकाबीच सुमन लामाको अध्क्षतामा ११ सदस्य जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ ।
योसँगै नेपाल क्रिकेट संघ (क्यान) को जिल्ला सदस्यता प्राप्तको लागि पाँचथरलाई पनि बाटो खुलेको छ । शनिबार जिल्ला खेलकुद विकास समितिका सन्तोष मोक्तानको अध्यक्षतामा अध्यक्षतामा बसेको बैठकले ११ सदस्य तदर्थ समिति गठन भएको थियो । निर्विरोध रुपमा गठन भएको समितिको उपाध्यक्षमा रबिन तिम्सिना, सचिवमा ज्ञानेन्द्र तामाङ र कोषाअध्क्षमामा वर्षा राई छन् । त्यस्तै सदस्यहरुमा दिनेश तिम्सिना,सुजन ओझा, माया कामी, गोमा पोखरेल, पुनम पुर्कुटि,डिक शिलवाल,शैलेन्द्र पन्दाधक, गणेश घिमिरे छन् । जिल्लामा क्रिकेट केज भए पनि संघ नहुँदा जिल्लामै सिमित भएको थियो ।
जिल्लामा भएको ८० जना भन्दा बढी भेलाल लामा सहितको टिमलाई सर्वसम्मत चुनेको हो । लामा जिल्लामा लामो समय देखि खेलकुद विकासमा लागि पर्दै आएका एक समर्थक हुन् । अवको आफ्नो उदेश्य क्यानबाट पूणर् सदस्यता मान्यता पाउने लामाले बताएका छन् ।
पाँचथरमा ७ गाउँपालिका र १ नगरपालिका रहेका छन् ।