पाँचथर । पाँचथरको उत्तरी फालेलुङ गाँउपालिकाले विपदबाट भएको क्षती पुनः निर्माणका लागि पाँच स्थानीय तहसँग आर्थिक सहयोग मागेको छ । बुधवार पाँचथरका पाँचवटा स्थानिय तहलाई पत्र लेख्दै हेवा खोलमा होमपाईप जोडि डाइभर्सन सञ्चालन गर्नकालागि आर्थिक सहयोग मागेको हो ।
यस अघिपालिकाले आर्थिक सहयोग तथा श्रमदानका लागि आव्हान गरिसकेको छ । अन्तर स्थानिय तह साझेदारी र समन्वय आवश्यक रहेकोले पत्रचार गरिएको प्रमुख प्रशासकिय अधिकृत डम्बर बहादुर आङदेम्बेले बताए । विपदमा संघ र प्रदेश सरकारले वास्ता नगरेपछि स्थानिय तह आफैले पुल बनाउन अग्रसरता देखाएको हो । पुल नहुँदा गाडी सञ्चालन हुन सकेका छैन् । गाडी नचल्दा गाँउमा भोकमरी हुने अवस्था सृजना भईसकेको छ ।
फिदिम नगरपालिका, हिलिहाङ, फाल्गुनन्द, कुम्मायक र तुम्बेवा गाँउपालिकालाई पत्रलेखेर आर्थिक सहयोग मागिएको छ । याङवरक आफै विपदमा परेको र मिक्लाजुङ एक बर्ष आगाडीको विपदबाट उठिनसकेकाले पाँचवटा स्थानियतहलाईमात्र सहयोग मागिएको बताइएको छ ।
गाँउपालिका आफैलेमात्र होमपाईप जडान गरी पुल सञ्चालन गर्न नसक्ने भएको भन्दै सहयोग मागिएको छ । गाँउपालिका अध्यक्ष विरविक्रम थाम्सुहाङ र उपप्रमख महेन्द्रहाङ जवेगुले पत्र लेख्दै आर्थिक सहयोग मागेका छन् ।
गाँउपालिकाले आव्हान गरे अनुसार विभिन्न ठाँउबाट आर्थिक सहयोग जुट्न थालेको छ । गाँउलेहरु श्रमदान गर्न तयार हुदैँ छन् ।