पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा मोटरएवल पुल बगाएर राजमार्ग अवरुद्ध सत्र दिन भईसक्दापनि पुनः सञ्चालन आउन सकेको छैन् । यो केवल फिदिम नगरपालीका र हिलिहाङ गाँउपालीका जोड्ने पुलमात्र नभई सिङ्गो ताप्लेजुङ, पाँचथरका हिलिहाङ सहित फालेलुङ, याङवरक गाँउपालीकासँग सडक सम्पर्कको माध्यपनि हो ।
बाढिले पुल बगाएपछि बनाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन् । सुरुमा एकहप्तामै सकिने हल्ला गरिएपनि सत्रदिन वितिसक्दा पनि अझै कहिले सकिएला भन्ने अन्योलता देखिएको छ । केहि पटक ड्राईबर्सनबाट गाडी तारीएको छ भने फड्के बनाएर आवतजावत हुदैँ छ । बेलिब्रिज बन्न ढिलो हुँदा यो क्षेत्रका बासिन्दाले ठुलो सास्ती खेपीरहेका छन् । नागरिकले पाएको दुखः एकातीर छ तर राष्ट्रिय राजमार्ग यत्रो दिन वितिसक्दा पनि सञ्चालनमा ल्याउन नसक्नुमा सरकारको विकासको क्षमता माथि प्रश्न उब्जिएको छ ।
१७ दिन समय वित्तिसक्दापनि राजमार्ग पुनः सञ्चालनमा ल्याउन नसक्दा पुनः निर्माणमा राज्यको कमजोर अवस्थालाई झल्काउछ । राजमार्गमा पुल भत्किएपछि चासो नदिएको भने होईन । पुल बगाएकै दिन सरकारले तत्काल बेलिब्रिज हाल्ने निर्णय गरेको थियो । त्यहिदिन प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल आफै निरिक्षणमा आउँदा प्रतिकुल मौसमका कारण हेलिकप्टर बस्न सकेन । केहिदिन अगाडीमात्र विभागिय प्रमुखहरुसँग भौतिक पूर्वाधार मन्त्री प्रकास ज्वालाले स्थलगत अवलोकन गरेका थिए । सरकारलेनै निक्कै चासो राख्दापनि यत्रो दिनमा राजमार्ग सञ्चालन आउन सकेको छैन् ।
सरकारका निकायले प्राथमिकताका साथ चासो दिदा पनि राजमार्ग सञ्चालनमा ल्याउन नसक्नु राज्यको पुनः निर्माण, विकास तथा प्रविधिको क्षमतामाथि प्रश्न उठ्ने एक इन्जिनियरले टिप्पणी गरे । हामी निक्कैनै कमजोर छौँ कि भन्ने लाग्न थालेको उनको भनाई थियो । विपदको क्षतीमा तत्काल पुनः निर्माणको पुर्व तयारीको कमजोरी देखिन्छ । सातदिनमा पुलन बन्ने हल्ला थियो । काम थालेपछि सडक डिभिजनका इन्जिनियरहरुले दुई हप्तामा काम सक्ने बताएका थिए । तर त्यो सम्भवः देखिएको छैन् ।
‘यत्रोदिन वितिसक्दापनि राष्ट्रिय राजमार्ग खुलाउन नसक्नु राज्यको ठुलो कमजोरी हो । खानापकाउने ग्याँस, खाद्यान्न लगायको अभाव भईसकेको छ’ ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापा भन्छन् ‘सरकारले सारा शक्ति लगाएर काम सक्नु पर्ने हो तर १७ दिन वित्तिसक्दा पनि बेलीब्रिज बनाउन सकेको छैन् ।’ छिटोभन्दा छिटो बेलिब्रिज बनाउनकालागि प्रयास भईरहेको सडक विभागका महानिर्देशक शुसिलबाबु ढकालले बताए । ‘बेलिब्रिज बनाउने काम नागरिक अपेक्षाअनुसार केहि ढिला भएकै हो । आवश्यक सामाग्रि समयमै पु¥याएका थियौँ’ उनले भने ‘फाउण्डेसन बनाउननै बाढिले समस्या गरायो । बाढि बढ्ने भएकाले केहि अग्लो पुल बनाउन खोजीयो । सबै हिसाबले प्रयास भईरहेको ।जतिसक्दो छिटो काम सम्पन्न गर्न सबैहिसाबले लागेका छौँ । घण्टा घण्टामा रिर्पोटिङ लिदैँ छौँ ।’
बढिमा एक हप्तामा काम सकिने उनको भनाई छ ।