पाँचथर । झापाको अर्जुनधारा नगरपालिका – ११ बर्सपार्कबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आईतबार अर्जुनधारा नगरपालिका – ११ बसपार्कमा रहेकाे मेमेङ होटल एण्ड लजमा लागुऔषध कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर १०१ मा बस्ने झापा अर्जुनधारा नगरपालिका वडा नं. १० बस्ने ३० बर्षिय बिक्रम लिम्बु र पाँचथर फिदिम नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षिय मदन मगर लाइ पहरीले पक्राउ गरेकाे हाे ।
काेठामा प्लास्टिकमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्याक गर्दै गरेको अवस्थामा प्रहरीले उनिहरुलाइ प्रकाउ गरेकाे जनाएकाे छ । उनिहरुलाइ ३६ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रकाउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाउ परेकाहरुबाट प्रहरीले डिजिटल तराजु एक थान र नगद दुई हजार पाँच सय तीस रुपैया बरामत गरेको प्रहरीले जनाएको छ ।
प्रकाउ परेका मदन र बिक्रमको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।