पाँचथर । पाँचथर सदरमुकाम फिदिम बजारमा रहेकाे एक होटलमा तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार फिदिम नगरपालिका १ बुद्धमार्ग स्थित याङनाम होटलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुको साथबाट तीन बुङ तास र केही रकम समेत प्रहरीले बरामत गरेको प्रहरीले जनाएको छ ।
बरामत गरिएको रमकको बिबरण आउन बाँकी छ । पक्राउ परेकाहरु स्वाथ्य परिक्षण भईरहेको प्रहरिको भनाई छ । पूरा बिवरण लिएपछि पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।