पाँचथर । ट्याक्टर चढेर विद्यालय गईरहेका दुई विद्यार्थीको दुर्घटनामा परि मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालीको भारपामा ट्याक्टरबाट खसेर दुई बालीकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवस कुवँरका अनुसार १३ बर्षिय पुजना सुवेदी र ९ बर्षिय गंगा सुवेदीको मृत्यु भएको हो ।
डाईभर सिटको छेउमा रहेको दुई विद्यार्थी ट्याक्टरबाट झरेपछि ट्याक्टर किचेर मृत्यु भएको प्रहरीले जनाएकोछ । । दुई विद्यार्थीको मृत्यु भएपछि चालक भग्दा ट्याक्टर दुर्घटना हुँदा डालीमा बालुवामाथि बसेका दुई जना विद्यार्थी घाईते भएका छन् । घाईतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
विद्यालय जानेक्रममा ट्याक्टरमा ११ जना विद्यार्थी चढेकाथिए । तिव्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ । ट्याक्टरका चालक तथा सहचलाक फरार रहेका छन् । विस्तृत विवरण आउन बाँकि छ ।