पाँचथर । आजबाट याङनाममा सूरु भएको प्रथम याङनाम गोल्डकपमा फालेलुङको नेपाल मगर संघलाई हराउदै आयोजक याङनाम फुटबलल क्लब प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ ।
फिदिम १० स्थित इमानसिं रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले ५-० को फराकिलो गोलअन्तरमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । याङनामको जितमा दिपेन राई, दिनेश शेर्मा, प्रबिण जबेगु र ऋतिक आङदेम्बेले गोल गरेका थिए ।
पहिलो हाफमा २-० गोलले पछि पारेको मंगर संघले दोस्रो हाफमा थप ३ गोल गरेको हो । खेलको ९ मिनेटमा आयोजकका दिपेन राईले गोल गरेका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा दिनेश शेर्माले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफको १० मिनेटमा कप्तान प्रविण जबेगुले गोल गरेर अग्रता फराकिलो बनाएका थिए ।
उनैले २५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर ४-० गोलको नतिजा निकाले । यस्तै खेल सकिन १ मिनेट बाँकी रहँदा ऋतिक आङदेम्बेले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच आयोजक याङनाम एफसीका कप्तान प्रविण जबेगु बने । उनलाई आयोजक क्लबका उपेन्द्र श्रेष्ठले नगद एक हजार प्रदान गरे । १२ टिम सहभागी गोल्डकपको फाइनल खेल बैशाख २ गते हुनेछ । विजेता टोलीले नगद १ लाख १ हजार १०१ र ट्रफी पाउने छ भने उपविजेताले नगद ५० हजार ५०५ मा चित्त बुझाउने छ ।
भोलि सोमबार दुई वटा खेल हुनेछन् । पहिलो खेल नुमाफुङ युथ क्लब थर्पु याङवरक र फिदिम १३ को शान्तिदीप युवा क्लबबीच हुनेछ । दोस्रो खेल जिल्ला प्रहरी कार्यालय पाँचथरले मनापजुम यलम्बर युवा क्लब फिदिम ११ ले प्रतिस्पर्धा गर्नेछ ।
फाेटाे: newssanjal.com