पाँचथर । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकका,पालिकामा काम गर्ने कर्मचारी र जनप्रतिनिधिहरुका सन्तानलाई सामुदायिक विद्यालयलमा अनिर्वायरुपमा आधारभुत तह सम्म भर्ना गराउन निर्देशन दिएको छ । गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो ।
गाउँपालिकाका अनुसार चैत्र १३ गते बसेकाे पालिका अध्यक्षय स्तरकाे बैठकले विद्यालयमा कार्यरत शिक्षकहरु, पालिकामा काम गर्ने कर्मचारी र निर्वाचित भएका जनप्रतिनिधिहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन दिएको हो । सो अनुसार आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार गर्नको लागि पालिकाले सो निणर्य गरेको जनाएको छ ।