पाँचथर । प्रथम याङनाम गोल्डकप फुटबल प्रतियोगिता चैत २६ गतेदेखि सुरु हुने भएको छ । आयोजक याङनाम फुटबल क्लबले बिहिबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । बैशाख २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु फिदिम १० खलङगाटार स्थित प्रस्तावित इमानसिं रंगशालामा हुनेछन् ।
याङनाम गोल्डकपमा आयोजक क्लबसहित १२ टोलीले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा नेपाल मगर संघ विहिदिन, जिल्ला प्रहरी कार्यालय पाँचथर,मनापजुम यलम्बर युवम क्लब फिदिम ११,कुम्मायक गाउँपालिका,आनिशाक्थिम युवा क्लब , नुवाफुङ युवा क्लब थर्पु, श्री शान्तीदिप युवा क्लब फिदिम १३,ब्वाइज युनियन क्लब फालेलुङ ८, सिर्जना युवा क्लब हिलिहाङ, फिदिम स्र्पोटिङ क्लब, नवशुसेली क्लब फालेलुङ ३ को सहभागिता रहने आयोजक क्लबका अध्यक्ष उपेन्द्र श्रेष्ठले जााकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।