पाँचथर । आजबाट एसइइ सुरु भएको छ । यस वर्ष पाँचथरबाट तीन हजार नौ सय ८९ जना विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ, पाँचथरका अनुसार जिल्लाका विभिन्न २० केन्द्रबाट एक हजार पाँच सय ८९ छात्रा र एक हजार छ सय ८ जना छात्रा गरी तीन हजार नौ सय ८९ जना विद्यार्थीहरू एसइइ परीक्षामा सहभागी हुने भएका हुन् ।
एसइइ परीक्षा मर्यादित र शान्तिपूणर् बनाउन आवश्यक तयारी गरिएको शिक्षाका इकाइका प्रमुख युगमणि सबेहाङले बताए । यस वर्ष पाँचथरबाट फरक क्षमताका अपाङ्गता भएका परीक्षार्थीहरू नभएको शिक्षा विकास तथा समन्वय इकाई युगमणि सबेहाङले जानकारी दिए ।
पाँचथरबाट नियमित समुहका ३ हजार १ सय ११ जना र ग्रेडवृद्धि तर्फ ७८ जना विद्यार्थीहरूपरीक्षामा सहभागी हुने उनले बताए ।
पाँचथरमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) सम्पन्न गर्नको लागी २० जना केन्द्राध्यक्ष,२२ जना सहायक केन्द्राध्यक्ष, १६१ जना निरिक्षक,३१ जना परिक्षा सहायक,४० जना सहयोगी र १२० जना सुरक्षाकर्मिको जनशत्तिः परिचालन भएको शिक्षा विकास तथा समन्वय इकाइ, पाँचथरले जनाएको छ ।