सरला रेग्मी
यस बर्षको महाशिवरात्रिको रौनक पिण्डेश्वरधाममा गज्जव देखीएको छ । बच्चा देखी बृद्धसम्म महाशिवरात्रि मनाउन धाममा देखिएका थिए । महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड मानिन्छ । यो भगवान शिवको प्रमुख पर्व मानिन्छ ।
भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

सानी बालिका पिण्डेश्वर धाममा
सुनसरीको धरान उपमहानगरपालिका वाड नम्बर १४ मा अवस्थित पिण्डेश्वर धाम पुर्वको प्रमुख धार्मिक स्थल हो । धामको महिमा आफैमा ऐतिहासिक छ । बिशेषगरि शिबरात्री,हरितालिका तिज, साउन महिनाको सोमबार उलेख्य संख्यामा दर्शनार्थी आँउने गर्छन् । सुनसरी जिल्लाको पर्यटकिय तथा धार्मिक स्थल पिण्डेश्वर धाममा पिण्डेश्वर बाबाको नाममा प्रख्यात छ ।

दर्शन गर्न उभिएका दर्शनार्थी
बिषेशगरी माता पार्वती र भगवान शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । यो तिथिमा भगवान शिव र माता पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ ।

सिघारिएको धाम
महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व धेरै रहेको छ । भनिन्छ, यो दिन भगवान शिवको पूजा आरधना गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् । साथैफाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ।

भक्तजन
व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्।
शिवरात्रीको दिन पिण्डेश्वरधाममा देखिएको दृश्य :-

घन्टौ भिडमा उभिएका दर्शनार्थी

भिडमा उभिएकी दर्शनार्थी

रुद्राक्षबाट बनेको समान

पुजा सामाग्री

आराधनामा व्यस्त भक्तजन

नन्दिसंग मनोकामना माग्दै दर्शनार्थी