पाँचथर– साहित्यकार, पाँचथरको फाल्गुनन्द गाँउपालीकाका पूर्व प्रमुख स्व. अमर नेम्बाङ लिम्बु स्मृती स्रष्टा पुरस्कार बरिष्ठ साहित्यकार श्रवण मुकारुङ र प्रेम ओझालाई प्रदान गरिएको छ । १ लाख रुपैँया रासिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो ।
मुकारुङ र ओझालाई नेम्बाङलाई चौथो स्मृतीको अवसरमा ५०÷५० हजार रुपैँया सहित पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
विहिबार सदरमुकामा फिदिममा पुरस्कार वितरण समारोहको आयोजना भएको थियो । अमर नेम्बाङ लिम्बु स्मृती प्रतिष्ठान र याक्थुङ लेखक संघको संयुक्त आयोजनामा भएको उक्त समारोहमा बाढि तथा आगलागी पीडितलाई राहत समेत वितरण गरिएको थियो ।
साहित्य साधक, राजनीतिका महत्पूर्ण विचारक तथा नेताको नामको पुरस्कार पाउँदा आफू हर्षित भएको साहित्यकार मुकारुङले बताएका थिए ।
पुरस्कार समारोहमा बोल्दै नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङदेम्बेले महत्पूर्ण व्याक्तिहरुलाई पुरस्कार प्रदान गरेको भन्दै आन्दोलनमा, समाज परिवर्तनमा महत्पूर्ण योगदान पु¥याएका साहित्यकारहरुको योगदानको कदर गरिनु पर्ने बताए थिए ।
कार्यक्रममा बोल्दै पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले साहित्य महत्पूर्णपाटो भएको चर्चा गरेका थिए ।
पुस्कृत मुकारुङको व्याक्तित्व र कृतित्व बारे कृष्ण बराल र ओझाको बारे मुनाराज शेर्माले चर्चा गरेका थिए । अमर नेम्बाङको व्याक्तित्व र कृतित्व बारे हाङ्गयुक अज्ञातले चर्चा गरेका थिए । सोहि अवसरमा समदर्शी काइँलाको नयाँ ईश्वरको अवतार–कवि नामक कविता संग्रह विमोचन भएको थियो ।
साहित्यकार नेम्बाङको पाँचथरको फाल्गुनन्द गाँउपालीकाको अध्यक्ष भएकै बेलामा निधन भएको थियो । गतवर्ष यस पुरस्कारबाट लेखकद्वय शारदा सुब्बा र बिना थिङ पुरस्कृत भएका थिए । २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो ।